२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

वातावरण संरक्षणमा स्थानीय तह प्रतिबद्ध

Logo
प्रकाशित शनिबार, जेठ २२, २०७८

न्यूजमधेश डेस्क
राजविराज ,२२ जेष्ठ । सप्तरीको कञ्चनरुप नगरपालिका–१ ले विश्व वातावरण दिवसका अवसरमा आज कब्रिस्तान र वडा कार्यालयको प्राङ्गणमा वृक्षरोपण गरेको छ ।

सो क्रममा नगरप्रमुख वसन्तकुमार मिश्रले बढ्दो वायु प्रदुषण घटाउन र जलवायु परिवर्तन अनुकूलन गर्न वृक्षोपण महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले वातावरणीय असर परिरहेकोले रुखबिरुवाको संरक्षणमा जोड दिनुभयो ।

कब्रिस्तान र वडा कर्यालयमा गरी जम्मा तीन सय वटा मलेसियन सखुवाको बिरुवा रोपेको वडा नम्बर १ का वडा अध्यक्ष करिम शेखले बताउनुभयो ।

यसैगरी तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरास्थित १५ कठ्ठा जग्गामा निजी वन साझेदारी कार्यक्रमअन्तर्गत आज वृक्षरोपण भएको छ ।

सो अवसरमा महगनी जातको ३५ वटा विरुवा रोपिएको र घेरबार गरिएको १५ कठ्ठा जग्गामा वृक्षरोपण गरिने वृक्षरोपण कार्यक्रमका संयोजक देवनारायण झाले जानकारी दिनुभयो ।

गाउँपालिकाभरि वृक्षारोपण कार्यक्रमलाई अघि बढाउने प्रक्रिया सुरु भएको जानकारी दिनुहुँदै गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले वृक्षरोपण कार्यलाई सहजतासाथ अगाडि बढाउन गाउँपालिकाले आफ्नै नर्सरी समेत व्यवस्थापन गरेको बताउनुभयो ।

संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो । कोरोना भाइरसको संक्रमण बढ्दो रहेको अवस्थामा सामाजिक दुरीलाई ध्यानमा राखी स्वास्थ्यको मापदण्ड अपनाई वृक्षरोपण कार्य गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]