१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

तस्करी हुन लागेको काठ बरामद

Logo
प्रकाशित शनिबार, जेठ २२, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,२२ जेष्ठ । सर्लाहीको बाँके वन क्षेत्रबाट तस्करी भएका काठ र सो कार्यमा संग्लग्न ट्याक्टरलाई सव डिभिजन वन कार्यालय माइस्थान, महोत्तरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित फूलजोरबाबा साझेदारी वन उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई घरायसी प्रयोजनका लागि बिक्री गरेको सालको गोलिया तस्करी हुँदै गरेको अवस्थामा बरामद भएको वन कार्यालय, माईस्थानका प्रमुख भीमविक्रम खड्काले जानकारी दिनुभयोे ।

उपभोक्तहरु नरेश महत्तो, मित्रदेवी हजाम, वरुणकुमार चौधरी, विराट चौधरी र प्रमोद चौधरीलाई समितिले आ–आफ्नो घर लैजान छुटपूर्जी दिएर काठ लोड गरी पठाइएकामा उनीहरुले १ त ८८७४ नम्बरको ट्याक्टरमा लोड गरी महोत्तरीतर्फ लाँदै गर्दा आफूहरुको गस्ती टोलीले चालक र एक सय ६७ दशमलव ९० क्युविक फिट सालको गोलिया बरामद गरेको प्रमुख खड्काले बताउनुभयो ।

समितिका अध्यक्ष सुरेन्द्र महतोसहित पदाधिकारी र घरायसी प्रयोगका लागि काठ किनेका उपभोक्तालाई बोलाएर अनुसन्धान शुरु गरिएको डिभिजन वन कार्यालय सर्लाहीका सूचना अधिकारी राकेश रन्जन दासले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]