१३ भाद्र २०८३, आइतबार
30-08-2026 , Sun
×

पाँच देशमा एकसाथ वृक्षरोपण

Logo
प्रकाशित शनिबार, जेठ २२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२२ जेष्ठ । विश्व वातावरण दिवसका अवसरमा नेपाल, भारत, बंगलादेश, भुटान र म्यान्माका विभिन्न भागमा वृक्षरोपण गरी कार्यक्रम सम्पन्न भएको छ ।

वरिष्ठ अभिनेत्री करिष्मा मानन्धरले आज वृक्षरोपण गरी यो अभियानको शुभारम्भ गर्नुभएको हो । ‘दक्षिण एशियन टिम’ नामक स्वयंसेवी अभियानले सन् २००८ देखि विश्व वातावरण दिवसका अवसरमा यो कार्यक्रम गर्दै आएको टोली संयोजक चक्रबहादुर चन्दले राससलाई जानकारी दिनुभयो ।

अभियानले अन्र्तराष्टिय दिवसमा स्थानीय संस्थासँग मिलेर कार्यक्रम गर्दै आएको छ ।

देशअनुसार विभिन्न देशले आतिथ्य गर्ने कार्यक्रमलाई यसपटक नेपालले संयोजन गर्ने जिम्मेवारी पाएको थियो । नेपालमा मेची महाकाली सफाइ अभियानको संयोजनमा वृक्षरोपण गरिएको हो ।

सुदूरपश्चिम प्रदेशको चार स्थानमा कर्णाली प्रदेशका तीन स्थानमा लुम्बिनी प्रदेशको छ स्थानमा, गण्डकी प्रदेशका पाँच स्थानमा बाग्मती प्रदेशको सात स्थानमा प्रदेश दुईको आठ स्थानमा प्रदेश एकको बाह्र स्थानमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

भारतमा दक्षिण एशियन टिमको आयोजना र कालिम्पोङ सेवा फाउण्डेशनको संयुक्त आयोजनामा भारतको सोह्र स्थानमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

सिक्किममा अभिनेत्री रुश्मा राईले वृक्षरोपण गर्नुभएको छ । दक्षिण एशियन टिमका आयोजनामा बंगलादेश, भुटान र म्यान्मारमा समेत बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । यस अभियानका लागि बिभिन्न कलाकारले पनि बृक्षरोपण गर्ने र नागरिकलाई समेत बृक्षरोपण गर्न सामाजिक संजालबाट अपील समेत गरेका थिए ।

यूवा अभिनेता पुष्प खड्काले गृहजिल्ला कैलालीमा बृक्षरोपण गरेका छन् । यो अभियान आज विविध कार्यक्रम गरी मनाइएको छ । वातावरण जोगाउनुपर्छ भन्ने अभियानलाई जनजनमा लैजानु यसको मुख्य उद्देश्य रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]