१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

ललिता निवासको जग्गा प्रकरणमा सरकारले निकाल्यो ४९ जनाविरुद्ध २१ दिने सूचना

Logo
प्रकाशित आइतबार, जेठ २३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२३ जेष्ठ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना प्रकाशित गरेको छ।

आइतबार गोरखापत्रमा सूचना जारी गर्दै सरकारले २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा सूचना दिन जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरेर २१ दिनको समय दिइएको हो।

यसरी सूचना जारी हुनेमा भाटभटेनी डिपार्टमेन्ट स्टोरमा मालिक मीनबहादुर गुरुङ, उक्त जग्गामा मुख्य विचौलिया रामकुमार सुवेदी, शोभकान्त ढकाल, ढकालकी श्रीमती उमाकुमारी ढकाल, व्यापारी मनोजकुमार केडियालगायत रहेका छन्।

मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ। अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने सुचनामा उल्लेख छ।

सूचनामा उल्लेखित विवरण अनुसार सो विवादित जग्गामध्ये सबैभन्दा धेरै जग्गा शोभाकान्त ढकालको नाममा छ। उनको र उनको परिवारको गरी २२ कित्तामा ३ हजार २ सय ७५ वर्गफिट जग्गा सरकारको नाममा गर्नुपर्ने ठहर कार्यालयको छ। ढकालपछि मीनबहादुर गुरुङको परिबारको नाममा रहेको छ।

त्यस्तै रामकुमार सुवेदीको नाममा धेरै जग्गा देखिएको छ। उनीहरुको भ्रष्टाचार मुद्दा अहिले विशेष अदालतमा विचाराधीन रहेको छ। विशेष अदालतमा अधिकांश प्रतिवादी हाजिर भएका छन् भने नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादारलगायत केही भीभीआईपी उपस्थित भएका छैनन्। विशेषले हालसम्म तीन आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त दीप बस्न्यात र शोभकान्त ढकाललाई विशेषले थुनामा पठाएको थियो। अन्य अभियुक्तलाई भने धरौटी र साधारण तारेखमा रिहा गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]