१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

म राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिवद्ध छु : उपप्रधानमन्त्री महतो

Logo
प्रकाशित आइतबार, जेठ २३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२३ जेष्ठ । उपप्रधानमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिवद्ध रहेको जनाएका छन् ।

उपप्रधानमन्त्रीको सपथ खाएलगत्तै मन्त्रालयमा पदभार ग्रहण गर्नेक्रममा बहुल राष्टिन्य राज्य स्थापनाका लागि मुक्ति आन्दोलन गर्ने अभिव्यक्ति दिएर विवादमा परेका महतोले हिजो मध्यरातमा विज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिवद्ध रहेको प्रष्टिकरण दिएका हुन् । साथै उनले राष्ट्रिय अखण्डताप्रति कुनै भ्रम नराख्न पनि आग्रह गरेका छन् ।

उनले संविधानप्रति रहेका असन्तुष्टिहरु संविधान संशोधनका लागि गठित कार्यदलमा आफ्नो पार्टीको धारणा राख्ने उल्लेख गरेका छन् ।

‘यो संविधानमा हाम्रा असन्तुष्टिहरु सम्बोधन गर्न गठित कार्यदलमा हाम्रा धारणा राख्ने नै छौं । म राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिवद्ध छु । यस सम्बन्धमा अरु कसैलाई अन्यथा भ्रम नरहोस् भन्न चाहन्छु,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]