१२ पुष २०८२, आइतबार
28-12-2025 , Sun
×

म राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिवद्ध छु : उपप्रधानमन्त्री महतो

Logo
प्रकाशित आइतबार, जेठ २३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२३ जेष्ठ । उपप्रधानमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिवद्ध रहेको जनाएका छन् ।

उपप्रधानमन्त्रीको सपथ खाएलगत्तै मन्त्रालयमा पदभार ग्रहण गर्नेक्रममा बहुल राष्टिन्य राज्य स्थापनाका लागि मुक्ति आन्दोलन गर्ने अभिव्यक्ति दिएर विवादमा परेका महतोले हिजो मध्यरातमा विज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिवद्ध रहेको प्रष्टिकरण दिएका हुन् । साथै उनले राष्ट्रिय अखण्डताप्रति कुनै भ्रम नराख्न पनि आग्रह गरेका छन् ।

उनले संविधानप्रति रहेका असन्तुष्टिहरु संविधान संशोधनका लागि गठित कार्यदलमा आफ्नो पार्टीको धारणा राख्ने उल्लेख गरेका छन् ।

‘यो संविधानमा हाम्रा असन्तुष्टिहरु सम्बोधन गर्न गठित कार्यदलमा हाम्रा धारणा राख्ने नै छौं । म राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिवद्ध छु । यस सम्बन्धमा अरु कसैलाई अन्यथा भ्रम नरहोस् भन्न चाहन्छु,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]