१८ पुष २०८२, शनिबार
03-01-2026 , Sat
×

मन्त्री पदबाट बर्खास्त गरेपछि यसरी क्‍वार्टरबाट मोटरसाइकलमा निस्के जितेन्द्र सोनल

Logo
प्रकाशित सोमबार, जेठ २४, २०७८

सन्तोष सिंह
जनकपुरधाम,२४ जेष्ठ । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री पदबाट पदमुक्त भएका जितेन्द्र सोनल मोटरसाइकल चढेर मधेस भवनबाट बाहिरिएका छन् ।

आइतबार राति पदमुक्त भएपछि कर्मचारी, नागरिक समाज र प्रदेश सरकारलाई धन्यवाद दिँदै आफूले प्रयोग गर्दै आएको सावरी साधन सरकारलाई बुझाएर मोटरसाइकलमा झोला मन्त्री निवासबाट बाहिरिएका हुन् ।

‘राजनीतिक यात्राका क्रममा सरकार पिपल चौतारीको छहारी हो,’ घर फर्किने क्रममा सोनलले भने, ‘सरकारमा सवा तीन वर्ष बस्ने मौका प्राप्त भयो । यस अवधिमा तीन दिन पनि अराम गरिनँ । प्रदेश र जनताको सेवामा तल्लीन भएँ ।’

मन्त्री पदबाट हटे पनि प्रदेशको विकासका लागि सक्रिय रहने उनले बताए । भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा रहँदा सडक र सिंचाइ क्षेत्रमा प्रदेशले फड्को मारेको उनले दावी गरे ।

मन्त्री सोनलले ‘खेत खेतमा पानी, हात हातमा काम’, ‘जहाँ सडक, त्यहीँ विकास’ जस्ता अभियान चलाएका थिए ।

मुख्यमन्त्री लालबाबु राउतले आइतबार साँझ भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलसहित ४ जनलाई पदमुक्त गरेका थिए । सोनलसहित भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले लिएका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको एक पक्ष केन्द्र सरकारमा सहभागी भएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार पुनर्गठनको तयारीमा जुटेका छन् । अध्यक्ष यादवले मुख्यमन्त्री राउतकै नेतृत्वमा नयाँ सरकार बनाउन नेपाली काग्रेस र माओवादी केन्द्रसँग छलफल अगाडि बढाएका छन् ।कान्तिपुरमा लेखिएको समाचार हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]