१८ पुष २०८२, शनिबार
03-01-2026 , Sat
×

पाकिस्तानमा दुई रेल एक आपसमा जुध्दा ३० जनाको मृत्यु

Logo
प्रकाशित सोमबार, जेठ २४, २०७८

न्यूजमधेश डेस्क
पाकिस्तान,२४ जेष्ठ । पाकिस्तानमा दुई रेल एक आपसमा जुध्दा कम्तिमा पनि ३० जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० भन्दा बढी घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्।

रेडियो पाकिस्तानका अनुसार दुर्घटना सोमबार विहान भएको थियो र मृतकको संख्या बढ्न सक्छ। पाकिस्तान रेलवेका प्रवक्ताका अनुसार मिल्लत एक्सप्रेस कराचीबाट सरगोधा र सर सैयद एक्सप्रेस रावलपिण्डीबाट कराची गइरहेको थियो।

दुर्घटनाका कारण मिल्लत एक्सप्रेसको आठ र सर सैयदको इन्जिनसमेत तीन डब्बा पटरीबाट बाहिरिएका थिए भने केही डब्बा खाडलमा पुगेका थिए।

यो दुर्घटना घोटको नजिक डहर तर्फ र रेतीको रेलवे स्टेशनको बीचमा भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]