११ माघ २०८२, आइतबार
25-01-2026 , Sun
×

प्रदेश २ को बजेटअधिवेशन शुरू

Logo
प्रकाशित सोमबार, जेठ २४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२४ जेष्ठ । प्रदेश नं. २ को बजेट अधिवेशनका रूपमा सातौं अधिवेशन आजदेखि शुरू भएको छ ।

सभामुख सरोजकुमारको अध्यक्षतामा भएको बैठकको प्रारम्भमा नेपाली कांगे्रस संसदीय दलका नेता रामसरोज यादव , एमाले संसदीय दलका नेता शत्रुधन महतो ,जनता समाजवादी पार्टीका संसदीय दलका उप नेता राअशीष यादव, माओवादी केन्द्रका संसदीय दलका नेता भरत साह र प्रदेशसभा सदस्य सावित्री साहले शुभकामना व्यक्त गर्दे सङ्घीयता र लोकतान्त्रिक पद्धतिको रक्षा, कोरोना सङ्क्रमणको अवस्था, केन्द्रीय सरकारको विभेदकारी नीति सन्दर्भमा चर्चा गर्नु भएको थियो ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले विनियोजन विधेयक २०७८ मा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य र प्राथमिकता, नीति छलफलका लागि प्रस्तुत गर्नु भयो ।

विनियोजन विधेयकमा कोरोना महामारीको नियन्त्रण गर्दे प्रदेशको आर्थिक गतिविधिलाई चलायमान बनाउन आर्थिक वर्ष २०७८÷७९ को विनियोजन विधेयकको सिद्धान्त, प्राथमिकता र नीति समावेश गरिएको छ ।

विधेयकमा कोरोना महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दी र निषेधाज्ञाले अर्थ व्यवस्थामा गम्भीर असर परी राजस्व सङ्कलनमा सङ्कुचन आएको उल्लेख छ ।

यस विषम परिस्थितिले अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक गतिविधि गतिशील बनाउनुपर्नेमा जोड दिइएको छ ।

प्रदेशसभाको अर्को बैठक भोलि जेठ २५ गते मङ्गलबार दिउँसो १ बजे वस्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]