०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

प्रदेश २ को बजेटअधिवेशन शुरू

Logo
प्रकाशित सोमबार, जेठ २४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२४ जेष्ठ । प्रदेश नं. २ को बजेट अधिवेशनका रूपमा सातौं अधिवेशन आजदेखि शुरू भएको छ ।

सभामुख सरोजकुमारको अध्यक्षतामा भएको बैठकको प्रारम्भमा नेपाली कांगे्रस संसदीय दलका नेता रामसरोज यादव , एमाले संसदीय दलका नेता शत्रुधन महतो ,जनता समाजवादी पार्टीका संसदीय दलका उप नेता राअशीष यादव, माओवादी केन्द्रका संसदीय दलका नेता भरत साह र प्रदेशसभा सदस्य सावित्री साहले शुभकामना व्यक्त गर्दे सङ्घीयता र लोकतान्त्रिक पद्धतिको रक्षा, कोरोना सङ्क्रमणको अवस्था, केन्द्रीय सरकारको विभेदकारी नीति सन्दर्भमा चर्चा गर्नु भएको थियो ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले विनियोजन विधेयक २०७८ मा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य र प्राथमिकता, नीति छलफलका लागि प्रस्तुत गर्नु भयो ।

विनियोजन विधेयकमा कोरोना महामारीको नियन्त्रण गर्दे प्रदेशको आर्थिक गतिविधिलाई चलायमान बनाउन आर्थिक वर्ष २०७८÷७९ को विनियोजन विधेयकको सिद्धान्त, प्राथमिकता र नीति समावेश गरिएको छ ।

विधेयकमा कोरोना महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दी र निषेधाज्ञाले अर्थ व्यवस्थामा गम्भीर असर परी राजस्व सङ्कलनमा सङ्कुचन आएको उल्लेख छ ।

यस विषम परिस्थितिले अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक गतिविधि गतिशील बनाउनुपर्नेमा जोड दिइएको छ ।

प्रदेशसभाको अर्को बैठक भोलि जेठ २५ गते मङ्गलबार दिउँसो १ बजे वस्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]