२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

चर्को घाममा काम लगाउने ६६ कम्पनीविरुद्ध उजुरी

Logo
प्रकाशित मंगलबार, जेठ २५, २०७८

न्यूजमधेश डेस्क
कुवेत ,२५ जेष्ठ ।कुवेतमा चर्को घाममा काम लगाउने ६६ वटा रोगारदाता कम्पनीविरुद्ध उजुरी दर्ता भएको छ ।

कुवेतले दिउँसोको चर्को घाममा काम लगाउन नपाईने नियम लगाए पनि उक्त नियमलाई उलङ्घन गर्दै श्रमिकलाई काममा लगाउने ६६ रोजगारदाता कम्पनीविरुद्ध उजुरी दर्ता भएको कुवेत सोसाइटी फर ह्युमन राइट्सले जनाएको छ ।

सरकारले नियम लागू गरे पनि केही व्यवसायीले भने उक्त नियम उल्लंघन गरेको ह्युमन राइट्सलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । लगातार चर्को गर्मीमा काम गर्ने कामदारका शरिरमा पानीको मात्रा कम हुने र त्यसले कामदारको किड्नीमा प्रत्यक्ष असर पर्ने विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

प्रत्येक वर्ष, श्रमिक यूनियनहरू र मानव अधिकार संगठनहरूले चरम सूर्य जोखिमको कारण सूर्य स्ट्रोक र कहिलेकाँही मृत्युको सिकार भएका थुप्रै घटनाहरूको सार्वजनिक गर्दै आएको छ ।

कुवेतले गत १ जुनदेखि ३१ अगस्टसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला ठाउँमा श्रमिकलाई काम लगाउन प्रतिबन्ध लगाएको थियो । कुवेतमा विभिन्न क्षेत्रमा गरी करिव ७० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अशोक राई नेतृत्वको नव गठित जनता समाजवादी पार्टी (जसपा) पत्रकार सम्मलेनको आयोजना गरेको छ । काठमाडौंको बिजुली बजारस्थित अल्फा बिटा भवनमा भोलि अपराह्न २ बजे पत्रकार सम्मेलन बोलाइएको हो। महासचिव ईश्तियाक राईनले देशको समसामयिक विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिएका छन् ।

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ। शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ। ‘शरीरभर ठाउँ […]

काठमाडौं। युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। प्रहरीले सर्लाही हरिपुर नगरपालिका–२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका–७ बस्ने ३० वर्षीय विधान कार्कीलाई सोमबार पक्राउ गरेको हो। कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेको खुल्न […]