०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

जव दुई छोरीले बाबुको लास बोकेर घाट पुर्याए

Logo
प्रकाशित मंगलबार, जेठ २५, २०७८

न्यूजमधेश डेस्क
उदयपुर ,२५ जेष्ठ । दीर्घरोगका कारण लामो समय थलिएको बालबहादुर थापा मगरको मत्यु भएपछि छिमेकीले कोरोनाको आशंकामा उनको शव छुन नमानेपछि दुई छोरीले आफैले शबयात्रा गरि दाह संस्कार गरेका छन् ।

उनको छोरी भगवती र कुमारीले शबयात्रा पछि दागबत्ती दिएर अन्तिम संस्कार गरेका हुन् ।

आफन्त र दाजुभाइ नहुँदा उदयपुरको कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदी बहिनीले सोमबार बुबाको मृत्युपछि आफैंले शबयात्रा गरी दाहसंस्कार गरेका हुन् । स्थानीय ६० वर्षीय बालबहादुर मगरको मृत्युपछि छिमेकीले शव छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै दाहसंस्कार गरेका हुन् ।

 

बालबहादुर बसोबास गर्दै आएको बरमझियामा आफनो समुदायका आफन्त र दाजु भाइ छैनन् । स्थानीयले शव नछुने तर, अन्य सहयोग गर्ने भनेपछि दुई छोरीले संस्कार अनुसार शवयात्रा गरी तवाखोलाको घाटमा दाहसंस्कार गरेका हुन् ।

दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका बालबहादुरको परिवार २०६१ सालतिर ओखलढुंगाबाट त्यहाँ आएर बसेका थिए । दुई छोरी र श्रीमती सहित स्थानीय शिवहरि दाहालको जग्गामा सानो झुप्रो हालेर बसोबास गर्दै आएका थिए । परिवारका ४ जना नै कटारी बजार र आसपासको क्षेत्रमा दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका छन् ।

लामो समय देखि पेटको समस्याले बिरामी परेका बालबहादुर बैशाखदेखि घरमै थलिएका थिए । स्थानीयको सहयोगमा औषधोपचार गराए पनि निको नभएपछि घरमै थिए । बिरामी भएर घरमै थलिएर मृत्यु भएका बालबहादुरको मृत्युपछि कोरोना संक्रमणको कारण देखाउँदै स्थानीयले शब छुन नचाहेको स्थानीयबासीले बताए ।

‘बुबाको हामी आफैंले शबयात्रा गरेर दाहसंस्कार ग¥यौं’ छोरी भगवतीले भनिन् ‘अब मगर संस्कार संस्कृति अनुसार काजकिरिया पनि गर्छौं ।’ मगर संस्कार अनुसार ७ दिनमा बालबहादुरको काजकिरिया सकिने छ । अहिले दुई छोरी कुमारी, भगवती र उनीहरूकी आमा किरियामा बसेका छन् ।

मृतक थापाको १ छोरा २ छोरी छन् । छोरा गरिबीका कारण कमाउन भारतको कोइला खानीमा गएका छोरा अझैसम्म फर्किएका छैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]