०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

प्रसुति गृह सञ्चालनपछि पहिलो शिशुको जन्म

Logo
प्रकाशित मंगलबार, जेठ २५, २०७८

न्यूजमधेश डेस्क
राजविराज ,२५ जेष्ठ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ स्थित स्वास्थ्य चौकी, लौनियाँमा सञ्चालित प्रसुति गृह सञ्चालन भएपछि आज पहिलो शिशुको जन्म भएको छ ।

गत वैशाख १० गते उद्घाटन गरिएको सो प्रसुति गृहमा लौनियाँकी शनिचरीदेवी खंगले शिशुलाई सुरक्षित जन्म दिएको स्वास्थ्य चौकीकी अनमी मीनाकुमारी मण्डलले बताउनुभयो ।

जन्मिएको शिशुका लागि गाउँपालिकाले नगदसहित विभिन्न सामग्री प्रदान गरेको छ ।

नेपाल सरकारले तोकेको यातायात वापत्को रु पाँच सय, आफ्नो व्यक्तिगत तर्फबाट रु एक हजार र एक थान न्यानो झोला वडाध्यक्ष खगेन्द्र मण्डलले प्रदान गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]