१२ माघ २०८२, सोमबार
26-01-2026 , Mon
×

प्रसुति गृह सञ्चालनपछि पहिलो शिशुको जन्म

Logo
प्रकाशित मंगलबार, जेठ २५, २०७८

न्यूजमधेश डेस्क
राजविराज ,२५ जेष्ठ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ स्थित स्वास्थ्य चौकी, लौनियाँमा सञ्चालित प्रसुति गृह सञ्चालन भएपछि आज पहिलो शिशुको जन्म भएको छ ।

गत वैशाख १० गते उद्घाटन गरिएको सो प्रसुति गृहमा लौनियाँकी शनिचरीदेवी खंगले शिशुलाई सुरक्षित जन्म दिएको स्वास्थ्य चौकीकी अनमी मीनाकुमारी मण्डलले बताउनुभयो ।

जन्मिएको शिशुका लागि गाउँपालिकाले नगदसहित विभिन्न सामग्री प्रदान गरेको छ ।

नेपाल सरकारले तोकेको यातायात वापत्को रु पाँच सय, आफ्नो व्यक्तिगत तर्फबाट रु एक हजार र एक थान न्यानो झोला वडाध्यक्ष खगेन्द्र मण्डलले प्रदान गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]