२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

मैले समूह परिवर्तन गरेको छैन, म आफै मन्त्री नबनेको हुँः नेता यादव

Logo
प्रकाशित बुधबार, जेठ २६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं, २६ जेष्ठ । जनता समाजवादी पार्टी, (नेपाल जसपा) वरिष्ठ नेता एवम् पूर्वमन्त्री राजकिशोर यादवले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टीभन्दा व्यक्तिगत स्वार्थ ठूलो हुन नसक्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान अन्तर्वार्ताका क्रममा नेता यादवले पार्टी एकताका लागि प्रयास गरिरहेको बताए । उनले जसपालाई विभिन्न शक्तिहरूले कमजोर बनाउन लागेको बताएका छन् ।

नेता यादवले आफूलाई मन्त्री मन्ने इच्छा नभएकै कारण मन्त्री बन्न प्रयास नगरेको बताए । उनले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई मन्त्री बन्न राजकिशोर यादवल आग्रह गरेको हो वा होइन भनेर सोध्न अनुरोध गरेका छन् ।

‘म कहिल्यै पनि मन्त्री बन्छु भनेर भनेको छैन । मलाई इच्छा भएको भए उहाँहरूसँग भन्ने थिए । म असन्तुष्ट होइन’, उनले भने, ‘पार्टी एकताको लागि प्रयासरत व्यक्ति हुँ ।’

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवसँग नजिक भएका कारण मन्त्री नबनेको भनेर आएका आरोपहरूलाई पनि नेता यादवले खण्डन गरेका छन् । ‘म इच्छुक पनि नभएर हो । उपेन्द्र यादवसँग नजिक भएर पनि होइन । हल्का टिप्पणी गर्नु हुँदैन’, यादवले भने, ‘राजनीति बिग्रियो । राजनीतिलाई उपभोक्तावादी बनाइयो । म मन्त्री नै बन्न चाहेको थिएन । म अहिले खुसी छु ।’

‘मैले समूह परिवर्तन गरेको छैन । विभिन्न प्रकारका शक्तिहरूले पार्टीलाई कसरी कमजोर बनाउने भनेर लागेका छन्’, उनले भने, ‘म ठीक ठाउँमा छु । पार्टीमा समस्या छ । कठिनाइ छ । जटिल अवस्थामा छ । केही साथीलाई पार्टी एकता मन परेको छैन । पार्टी ठूलो भयो भने ठाउँ पाउँदैन भन्नेहरू पार्टी एकताका विरोधी हुन् ।’

जसपाका नेता यादवले भने, ‘क्षणिक लाभ लिन पल्किएकाहरूबाट पार्टी कमजोर हुन्छ ।’ नेता यादवले जसपालाई फेरि एकठाउँमा ल्याएर बलियो पार्टी बनाउन लागेको बताएका छन् । उनले भित्रभित्र पार्टी एकताका लागि कुरा भइरहेको बताएका छन् ।

जसपाका नेता यादवलाई मन्त्री बन्न नदिएको भनेर आरोप लागेका बेला उनले ती आरोपहरू खण्डन गर्दै समूह परिवर्तन नगरेको स्पष्टीकरण दिएका छन् । उनले आफू पार्टी एकता बलियो बनाउने पक्षमा लागेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]