१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

मैले समूह परिवर्तन गरेको छैन, म आफै मन्त्री नबनेको हुँः नेता यादव

Logo
प्रकाशित बुधबार, जेठ २६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं, २६ जेष्ठ । जनता समाजवादी पार्टी, (नेपाल जसपा) वरिष्ठ नेता एवम् पूर्वमन्त्री राजकिशोर यादवले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टीभन्दा व्यक्तिगत स्वार्थ ठूलो हुन नसक्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान अन्तर्वार्ताका क्रममा नेता यादवले पार्टी एकताका लागि प्रयास गरिरहेको बताए । उनले जसपालाई विभिन्न शक्तिहरूले कमजोर बनाउन लागेको बताएका छन् ।

नेता यादवले आफूलाई मन्त्री मन्ने इच्छा नभएकै कारण मन्त्री बन्न प्रयास नगरेको बताए । उनले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई मन्त्री बन्न राजकिशोर यादवल आग्रह गरेको हो वा होइन भनेर सोध्न अनुरोध गरेका छन् ।

‘म कहिल्यै पनि मन्त्री बन्छु भनेर भनेको छैन । मलाई इच्छा भएको भए उहाँहरूसँग भन्ने थिए । म असन्तुष्ट होइन’, उनले भने, ‘पार्टी एकताको लागि प्रयासरत व्यक्ति हुँ ।’

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवसँग नजिक भएका कारण मन्त्री नबनेको भनेर आएका आरोपहरूलाई पनि नेता यादवले खण्डन गरेका छन् । ‘म इच्छुक पनि नभएर हो । उपेन्द्र यादवसँग नजिक भएर पनि होइन । हल्का टिप्पणी गर्नु हुँदैन’, यादवले भने, ‘राजनीति बिग्रियो । राजनीतिलाई उपभोक्तावादी बनाइयो । म मन्त्री नै बन्न चाहेको थिएन । म अहिले खुसी छु ।’

‘मैले समूह परिवर्तन गरेको छैन । विभिन्न प्रकारका शक्तिहरूले पार्टीलाई कसरी कमजोर बनाउने भनेर लागेका छन्’, उनले भने, ‘म ठीक ठाउँमा छु । पार्टीमा समस्या छ । कठिनाइ छ । जटिल अवस्थामा छ । केही साथीलाई पार्टी एकता मन परेको छैन । पार्टी ठूलो भयो भने ठाउँ पाउँदैन भन्नेहरू पार्टी एकताका विरोधी हुन् ।’

जसपाका नेता यादवले भने, ‘क्षणिक लाभ लिन पल्किएकाहरूबाट पार्टी कमजोर हुन्छ ।’ नेता यादवले जसपालाई फेरि एकठाउँमा ल्याएर बलियो पार्टी बनाउन लागेको बताएका छन् । उनले भित्रभित्र पार्टी एकताका लागि कुरा भइरहेको बताएका छन् ।

जसपाका नेता यादवलाई मन्त्री बन्न नदिएको भनेर आरोप लागेका बेला उनले ती आरोपहरू खण्डन गर्दै समूह परिवर्तन नगरेको स्पष्टीकरण दिएका छन् । उनले आफू पार्टी एकता बलियो बनाउने पक्षमा लागेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]