०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

सिरहाका सिमावर्ती क्षेत्र लागू औषध को अखाडा बन्दै, बरियारपट्टीबाट एक पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ २१, २०७६

मनोज बनैता, सिरहा । सिरहाको बरियारपट्टी बाट एक जनालाई लागुऔषध सहित नेपाल प्रहरीले पक्राउ गरेका छन । भारतको लदनियावाट जिरोमाईल जानेक्रममा बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ हवल्दार चौक स्थित सिटी रिक्सा लाई चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेको हो । इलाका प्रहरी कार्यालय बरियारपट्टी वाट खटिएको प्रहरी टोलिले जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १० वस्र्ने चित्र विकको छोरा अन्दाजी वर्ष २० को खेमराज विक कालो झोलामा डाइजापाम ८ पिस, फेनरागन ९ पिस, नरफिन ९ पिस बरामद गरेका छन । लागुऔषध र विकलाई जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको प्रहरीले वताएका छन। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयको सिरहाको डिएसपि प्रवक्ता अपिलराज वोहराले वताएका छन । ‘जुन जोगी आएपनी कानै चिरेको भने झै’ जुन प्रहरी प्रमुख आएपनी सिरहाको अवस्था खासै नफेरिएको स्थानीयहरु बताउँछन् । सरुवा भएर आउने नयाँ जिल्ला प्रहरी प्रमुखहरुले शुरुमा आफ्नो जति बडाई गरेपनि तस्करी र लागुऔषध नियन्त्रण गर्ने सवालमा उल्लेखनीय प्रगति नगरेको यहाँका वासीहरुको ठहर छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]