०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

प्रदेश २ मा कांग्रेस सहभागी तीन मन्त्रीले लिए शपथ

Logo
प्रकाशित बुधबार, जेठ २६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ जेष्ठ । प्रदेश नम्बर २ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका ३ जना मन्त्री थप गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख राजेश अहिराजसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री राउत र काँग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच भएको सहमति अनुसार कांग्रेका तीन जना मन्त्री सरकारमा सहभागी भएका हुन् ।

कांग्रेसबाट यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह मन्त्री बनेका छन् ।

कांग्रेस संसदीय दलका नेता समेत रहेका यादव भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । यसैगरी शर्माले खानेपानी तथा सिँचाई र सिंहले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यता माओवादी केन्द्र भने भागबण्डा नमिलेपछि सरकारमा सहभागी भएन । माओवादीले २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि रुष्ट भएको हो ।

माओवादी केन्द्रका सांसद जगत यादवले सामाजिक सञ्जालमार्फत पार्टी सरकारमा सहभागी नहुने जानकारी गराएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]