१० फाल्गुण २०८२, सोमबार
23-02-2026 , Mon
×

नेता यादवको निधनप्रती डा राउतद्वारा दु:ख व्यक्त

Logo
प्रकाशित बुधबार, जेठ २६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ जेष्ठ ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले पार्टीका युवा नेता ई.आलोक यादव (सागर )को निधनप्रती दु:ख व्यक्त गरेका छ्न।

जनमत पार्टी सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिकाका नगरप्रमुख ई .आलोक यादवको विराटनगर स्थित उपचारको क्रममा ३५ वर्षका उमेरमा निधन भएको हो।

केही समयअघि उनमा कोरोना संक्रमण देखिएपछि उपचारको अस्पताल भर्ना गरिएको थियो । उनको हिजो (मंगलबार) कोरोना परिक्षण रिपोर्ट नेगेटिभ देखिएको अस्पतालका प्रवक्ता सुनिल देवले बताए । ‘हिजो मात्रै उनको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ देखिएको थियो तर छातीमा समस्या देखिएकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो’ उनले भने–‘उपचारकै क्रममा उनको आज विहान निधन भएको हो ।’

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जनमत पार्टीले एउटा योद्धा युवा नेता गुमाएको छ ।नेता यादवले जनमत पार्टीलाई दिएको योगदान पार्टीले कहिले भुल्ने छैनन् ।सधै आलोकको सक्रिय योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]