२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री ओली, सात मन्त्री र एक राज्यमन्त्री थपिँदै

Logo
प्रकाशित बिहिबार, जेठ २७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२७ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। बिहीबार नै मन्त्रीहरूकाे शपथ गराउने तयारी छ।

एमाले नेता विष्णु रिजालका अनुसार सात मन्त्री र एक राज्यमन्त्री थपिँदैछन्। उनीहरूको आज दिउँसो ४ बजे शपथ ग्रहण हुने रिजालले सामाजिक सञ्जालमा लेखेका छन्।

हाल गृह, सञ्चार, रक्षा, उद्योग, कृषि, वन, संघीय मामिलासहित सात मन्त्रालय रिक्त छन्। यी सबै मन्त्रालयको जिम्मेवारी प्रधामन्त्री ओली आफैंले सम्हालिरहेका छन्।

गृहमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा, वनमा नारदमुनी राना, कृषिमा ज्वालाकुमारी शाह, उद्योगमा राजपाका राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडी, प्रधामन्त्री कार्यालयमा रहने गरी मोहन बाँनियालाई समेत मन्त्री बनाउने चर्चा छ। वन राज्य मन्त्रीमा आशा विककाे चर्चा छ। रक्षा मन्त्रालय प्रधानमन्त्री आफैंले राख्नेछन्।

शुक्रबार प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबाट ८ मन्त्री र २ राज्यमन्त्री थपेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]