१४ माघ २०८२, बुधबार
28-01-2026 , Wed
×

पुर्वगृहमन्त्री बादलको पत्‍नीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी

Logo
प्रकाशित बिहिबार, जेठ २७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२७ जेष्ठ ।पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा सञ्चारमन्त्री बन्ने भएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहबाट दुई जनालाई मन्त्री बनाउने भएका हुन्।

जसमध्ये बादल पत्नी नैनकलाले सञ्चार र ज्वाला कुमारी शाह कृषिमन्त्री बन्ने भएकी हुन्।

प्रधानमन्त्री ओलीले जसपाका राजकिशोर यादवसहित सात जना मन्त्री र एक जना राज्यमन्त्रीसहित मन्त्रिमण्डल विस्तार गरेका हुन्।

जसमा गृहमा खगराज अधिकारी, वनमा नारदमुनी राना, सञ्चारमा नैनकला थापा, सामान्य प्रशासनमा गणेश पहाडी, मोहन बानियाँलाई विना विमागीय र आशा विकलाई वन राज्यमन्त्रीको जिम्मेवारी दिइएको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]