१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

मधेशका ‘मसिहा कहलाउने’ किन भए ‘गद्दार’ ?

Logo
प्रकाशित बिहिबार, जेठ २७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ जेष्ठ । मधेश आन्दोलनबाट उदाएका उपेन्द्र यादवलाई मधेशी जनताले मधेशको मुद्दा सम्वोधन गर्न सक्ने नेताको रुपमा रहेको भन्दै मधेशी जनताले भोट दिएपछि अचानक उपेन्द्र यादव नेपालको राजनीतिमा उदाए ।

वि.स. २०५४ सालमा मधेशी जनअधिकार फोरम नेपाल नामक गैर राजनीतिक संस्था खोलेका यादवले २०६४ वैशाख १४ गते राजनीतिक दलको रुपमा स्थापीत गरे । अचानक पाएको सफलतालाई स्वाद पनि नचाख्दै यादवले आफनो हैकमवादी प्रवृति देखाउन सुरु गरेपछि पार्टी गठन भएको पाच महिना नवित्दै मधेशी जनअधिकार फोरम नेपाल फुटे । हठी स्वाभावबाट आजिज भएर सोहि पार्टीका प्रमुख नेता भाग्यनाथ गुप्ताल वि.स. २०६४ भदौ १५ गते मधेशी जनअधिकार फोरम मधेश नामको पार्टी गठन गरे ।

आफना प्रमुख नेता अलग्गीए पछि पनि आफुनै सर्वश्रेष्ठ ठान्ने प्रवृतिका कारण वि.स.२०६५ चैत ७ गते फोरम नेपाल फेरि फुटी अमर यादवको नेतृत्वमा मधेश तराई फोरम गठन भए ।अचानक पाएको जितबाट हौसीएका यादवले आफनो पार्टीमा झमेला गर्नबाट टांढिएनन । दुरदर्शी र मधेशका मसीहा सावीत गर्नका लागि उनले पटक पटक विभाजीत वन्दै गएको पार्टीलाई बचाउन केहि पहल समेत गरेनन । फलस्वरुप वि.स. २०६६ जेठ मा फोरम नेपाल फेरी फुटे । पद लोलुप्ताकै कारण विजय कुमार गच्छदारको नेतृत्वमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन भए । पार्टी टुटफुट भइरहेको विषयमा गहन विश्लेषण गरि त्यसमा सुधार ल्याउनुको सटटा अध्यक्ष यादव सताको मातमा डुविरहे । आफु मात्रै हावी हुने सोचका कारण २०६८ जेठ ९ गते फोरम नेपालमा पुनः फुट भए ।

तत्कालीन वौद्धिकवर्गका नेता जयप्रसाद गुप्ताको नेतृत्वमा मधेशी जनअधिकार फोरम गणतान्त्रीक गठन भए । टुटफुटका कारण अलिकती पनि आफनो गुम्दै गएको लोकप्रियतालाई वुझन नचाहेका उनले मधेशी जनताले दिएको भोट र मायालाई पनि विर्सन कोशिस गरे । उनले एमाले संग अलग भएका अशोक राईसंग एकिकृत हुदै पार्टीको नामबाट मधेश शव्द नै विलिन गरि समाजवादी फोरम नामको पार्टी गठन गरे । अशोक राईसंग पार्टी एकता गरि पहाडको पनि माया पाउने सोचका साथ मधेश शव्दलाई विलिन गरेका यादवलाई निर्वाचनमा पहाडबाट चोटिलो हार पाए र मधेशबाट पुनः माया पाए । यति हुदा हुदै पनि उनि आफुलाई परिवर्तन गर्न चाहेनन।

त्यसपछि उनले बाबुराम भटराईको नेतृत्वमा रहेको नया शक्ति पार्टीसंग एकता गर्दै समाजवादी पार्टी गठन गरे । क्षेत्रिय पार्टीको दर्जा पाएको यादवले राष्ट्रिय पार्टी बनाउन मधेश शव्द विलिन गरेर बाबुराम भटराई संग एकता गरेपनि पार्टीलाई केहि फाइदा भएन । अन्ततः जनताले देशमा रहेका दुइ मधेशी शक्तिलाई एकिकृत हुनुपर्ने जनचाहना अनुरुप राष्टिय जनता पार्टी संग एकता गर्दै जनता समाजवादी पार्टी वनाए । नेपालको राजनीतिमा शक्तिशाली दलको रुपमा अगाडी आएका जनता समाजवादी पार्टी अहिले आएर पुनः फुटको संघारमा छ ।

दुइपक्ष मध्ये एक पक्षले संघ सरकारमा गएपछि प्रदेशमा आएर उपेन्द्र यादवले चलखेर गरेर मधेशलाई कमजोर मात्रै होइन ,मधेशी जनताले विर्सन लागेका दलहरुलाई उपेन्द्र यादवले पुनः स्थापीत गर्न खोजेर आफनै खुटटामा बन्चरो हान्ने प्रयास गरेको छ । यो कुरा कतिको घातक हुने कुरा पछि वताउने छ तर आफनो मुद्दालाई विर्से किक आउट हुने कुरा नेपाली कांग्रेसबाट सिके हुने राजनीतिकर्मीहरुको भनाई रहेको छ । साभार : मधेश आवाजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]