०८ पुष २०८२, बुधबार
24-12-2025 , Wed
×

झोलुङ्गे पुल भत्कँदा आवतजावतमा समस्या

Logo
प्रकाशित शनिबार, जेठ २९, २०७८

न्यूजमधेश डेस्क
विरगंज ,२९ जेष्ठ । पश्चिमी पर्साको कालिकामाई गाउँपालिकाको मुडली र तुल्सीवर्वाको बीचमा सिक्टा नदीमा निर्माण भएको झोलुङ्गे पुल भत्किन शुरु गरेको छ ।

सिक्टा नदीमा साढे ७८ लाख रुपैयाँको लागतमा २०७५ असार २५ गते निर्माण सम्पन्न भएको ९८ मिटर लामो र चार फिट चौडाइको सो झोलुङ्गे पुल भत्किन शुरु गरेको हो ।

भौतिक पूर्वाधार कार्यालय पर्सा वीरगञ्जका सूचना अधिकारी दिपक मिश्रका अनुसार उपभोक्ता समितिले २०७४ असार १५ गते निर्माण सम्पन्न गर्ने शर्तमा २०७३ वैशाख २३ गते सम्झौता गरेको थियो तर काम सम्पन्न नभएपछि एक वर्ष म्याद थप गरी २०७५ असार २५ गतेसम्मको म्याद लिई पुल निर्माण गरेको थियो ।

कालिकामाई गाउँपालिकाको रविदास र छिपहरमाई गाउँपालिकाको बन्जारी जोड़ने उक्त झोलुङ्गे पुलको शुरुको भाग भत्किंदा सो बाटो भएर आवतजावत गर्न समस्या भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]