१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

झोलुङ्गे पुल भत्कँदा आवतजावतमा समस्या

Logo
प्रकाशित शनिबार, जेठ २९, २०७८

न्यूजमधेश डेस्क
विरगंज ,२९ जेष्ठ । पश्चिमी पर्साको कालिकामाई गाउँपालिकाको मुडली र तुल्सीवर्वाको बीचमा सिक्टा नदीमा निर्माण भएको झोलुङ्गे पुल भत्किन शुरु गरेको छ ।

सिक्टा नदीमा साढे ७८ लाख रुपैयाँको लागतमा २०७५ असार २५ गते निर्माण सम्पन्न भएको ९८ मिटर लामो र चार फिट चौडाइको सो झोलुङ्गे पुल भत्किन शुरु गरेको हो ।

भौतिक पूर्वाधार कार्यालय पर्सा वीरगञ्जका सूचना अधिकारी दिपक मिश्रका अनुसार उपभोक्ता समितिले २०७४ असार १५ गते निर्माण सम्पन्न गर्ने शर्तमा २०७३ वैशाख २३ गते सम्झौता गरेको थियो तर काम सम्पन्न नभएपछि एक वर्ष म्याद थप गरी २०७५ असार २५ गतेसम्मको म्याद लिई पुल निर्माण गरेको थियो ।

कालिकामाई गाउँपालिकाको रविदास र छिपहरमाई गाउँपालिकाको बन्जारी जोड़ने उक्त झोलुङ्गे पुलको शुरुको भाग भत्किंदा सो बाटो भएर आवतजावत गर्न समस्या भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]