०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

अस्थायी कोभिड अस्पताललाई ४५ लाखको स्वास्थ्य सामग्री

Logo
प्रकाशित आइतबार, जेठ ३०, २०७८

न्यूजमधेश डेस्क
लहान ,३० जेष्ठ । सिरहाको गोलबजार नगरपालिकाले कोभिड–१९ सङ्क्रमितको उपचारार्थ सञ्चालन गरेको गोलबजार अस्थायी कोभिड अस्पताल लागि करिब रु ४५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

विकास निर्माणको बजेट कटौती गरी नगरपालिकाले आफ्नै लगानीमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पताललाई अमेरिकाको मिचिगनस्थित हेल्पिङ ह्याण्ड नेपाल च्याप्टरले स्वास्थ्य सेवा तथा उद्धार सङ्घ ९हेस्रा नेपाल०मार्फत करिब रु ४५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

सो संस्थाले विद्युतीय शय्या, आइसीयू शय्या, इसिजी मेसिनलगायत अस्पतालका लागि आवश्यक विभिन्न १२९ प्रकारका स्वास्थ्य उपकरण गोलबजार नगरपालिकाका नगरप्रमुख देवनाथ साहमार्फत अस्पताललाई हस्तान्तरण गरेको हेल्पिङ ह्याण्डका नेपाल च्याप्टर प्रमुख जीवा पोखरेलले जानकारी दिनुभयो । अस्पतालले पाएको उपकरण सहयोगबाट अबका दिनमा स्तरीय उपचार सेवा दिने नगरप्रमुख साहले बताउनुभयो ।

कोभिड–१९ को महामारी मत्थर भएपछि भविष्यमा अस्थायी कोभिड अस्पताललाई क्षेत्रीयस्तरको ट्रमा सेन्टरसहित करिब रु एक अर्ब लगानीमा सुविधासम्पन्न अस्पताल बनाउने योजना रहेको नगरप्रमुख साहको भनाइ छ ।

यसअघि पनि हेल्पिङ ह्याण्डले हेस्रा नेपालमार्फत गत जेठ २४ मा गोलबजार कोभिड अस्थायी अस्पताललाई करिब रु तीन लाख मूल्यको अक्सिजन सिलिण्डर, थर्मलगन, पिपिइ, स्यानिटाइजर, सर्जिकल ग्लोब्स, सर्जिकल फेस मास्क र ३०० थान कपडाको मास्क उपलब्ध गराएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]