०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

प्रदेश नं २ स् नीति तथा कार्यक्रम पारित

Logo
प्रकाशित आइतबार, जेठ ३०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३० जेष्ठ । आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम आज पारित भएको हो । सभामुख सरोजकुमार यादवले नीति तथा कार्यक्रम पारितको प्रस्ताव गर्दा विपक्षमा कोही नबोलेपछि नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको घोषणा गर्नुभयो ।

त्यसअघि मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणको अभियानमा प्रदेश सरकार पछि नपर्ने बताउँदै भन्नुभयो, “कोरोना महामारीको तेश्रो र चौथो लहरको कुरा आएको छ, सरकार सङ्क्रमण नियन्त्रणमा प्रतिबद्ध छ ।

बालबालिकाका लागि अब छुट्टै अस्पताल तयार गर्नेछौँ ।” उहाँले जनकपुरको मणिपालस्थित कोभिड अस्पतालमै बालबालिकाका लागि छुट्टै व्यवस्था गर्ने विषयमा अध्ययन भइरहेको जानकारी दिनुभयो ।

प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा १०र१० गरी ६४० परिवारलाई महेन्द्र नारायण निधी आवास योजनाअन्तर्गत घर बनाउने योजना बजेटमा समावेश गराउने राउतले बताउनुभयो ।

नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री राउतले बैठकमा आएका महत्वपूर्ण सुझाव बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]