२२ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

पर्सामा लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले लगाए कोरोनाविरुद्धको खोप

Logo
प्रकाशित सोमबार, जेठ ३१, २०७८

न्यूजमधेश डेस्क
विरगंज ,३१ जेष्ठ । पर्सामा लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र कोरोना भाइरसविरुद्धको भेरो सेल खोप लगाएका छन् ।

सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको भेरो सेल खोप लगाउन गरेको निर्देशनानुसार पर्सामा गत शुक्रबार र शनिबार सञ्चालन गरेको खोप केन्द्रबाट लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र खोप लगाएका हुन् ।

पर्सामा १२ हजार ३ सय नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो । यसका लागि वीरगञ्ज महानगरपालिकालगायत १४ वटै स्थानीय तहको वडास्तरमा १०२ खोप केन्द्र सञ्चालन गरिएको थियो ।

सो केन्द्रबाट चार हजार ५५४ ज्येष्ठ नागरिकले मात्र कोरोना भाइरसविरुद्धको भेरोसिल खोप लगाएको जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

भेरोसिल खोपले शरीरमा नाकारात्मक प्रभाव पर्न सक्ने गलत हल्ला फैलिएपछि फैलिएपछि जिल्लामा ६३ प्रतिशत लक्षित वर्गले सो खोप लिन नमानेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले राससलाई बताउनुभयो । लक्षित वर्गका लागि सङ्घीय सरकारबाट १० हजार ८३० डोज भेरोसिल खोप प्राप्त भएको सो कार्यालयले जनाएको छ । आज पुनः खोप कार्यक्रम सञ्चालन गरिने सो कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिराभवानी गाउँपालिकामा १५४, जगरनाथपुर गाउँपालिकामा १६४, छिपहरमाई गाउँपालिकामा ६१, धोबिनी गाउँपालिकामा ४८, पकहामैनपुर गाउँपालिकामा ५७, बिन्दबासिनी गाउँपालिकामा १९८, बहुदरमाई गाउँपालिकामा ३३० र ठोरी गाउँपालिकामा २०० ज्येष्ठ नागरिकले सो खोप लिएका छन् ।

गलत हल्लाको पछि नलागेर लक्षित वर्ग सबैलाई खोप लिन जिल्ला जनस्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]