०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

जनमत पार्टी धनुषा अध्यक्षमा ओमबिक्रम कुशवाहा

Logo
प्रकाशित सोमबार, जेठ ३१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,३१ जेष्ठ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषा जिल्ला अध्यक्षमा ओमबिक्रम कुशवाहालाई मनोनीत गरेको छ ।

सोमबार पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले जेष्ठ २२ गते बसेको केन्द्रिय कार्यकारिणी समितीको बैठकबाट निर्णय भए अनुसार ६ महिनाको लागि जनमत पार्टीको जिल्ला समन्वय समिती धनुषा अध्यक्षमा ओमबिक्रम कुशवाहालाई नियुक्त गरेको छ ।

त्यसैगरी जिल्ला समन्वय समिती धनुषा उपाध्यक्षमा उपेन्द्र रोहिता,राजेन्द्र यादव र फुल कुमारी मनोनीत गरेकी छिन् ।

त्यस्तै ,सचिवमा बिजय साह, सहसचिवमा नवीन पण्डित र कोषाध्यक्षमा किलेश मण्डल रहेको छ।

मनोनीत भएका सबै पदाधिकारीलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले सफल कार्यकालको शुभकामना सहित बधाई समेत दिएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]