३० आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

जनमत पार्टी धनुषा अध्यक्षमा ओमबिक्रम कुशवाहा

Logo
प्रकाशित सोमबार, जेठ ३१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,३१ जेष्ठ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषा जिल्ला अध्यक्षमा ओमबिक्रम कुशवाहालाई मनोनीत गरेको छ ।

सोमबार पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले जेष्ठ २२ गते बसेको केन्द्रिय कार्यकारिणी समितीको बैठकबाट निर्णय भए अनुसार ६ महिनाको लागि जनमत पार्टीको जिल्ला समन्वय समिती धनुषा अध्यक्षमा ओमबिक्रम कुशवाहालाई नियुक्त गरेको छ ।

त्यसैगरी जिल्ला समन्वय समिती धनुषा उपाध्यक्षमा उपेन्द्र रोहिता,राजेन्द्र यादव र फुल कुमारी मनोनीत गरेकी छिन् ।

त्यस्तै ,सचिवमा बिजय साह, सहसचिवमा नवीन पण्डित र कोषाध्यक्षमा किलेश मण्डल रहेको छ।

मनोनीत भएका सबै पदाधिकारीलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले सफल कार्यकालको शुभकामना सहित बधाई समेत दिएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]