१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

विद्यार्थी जनमत संघद्वारा शहिदनगरमा रक्तदान

Logo
प्रकाशित सोमबार, जेठ ३१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३१ जेष्ठ । डा सीके राउत नेतृत्वका जनमत पार्टीका जनवर्गीय संगठन विद्यार्थी जनमत संघ धनुषाले शहिदनगर नगरपालिकामा रक्तदान कार्यक्रम गरेको छ।

सोमबार शहिदनगर नगरपालिका वडा नम्बर १ कुम्भकरणमा विद्यार्थी जनतम संघ धनुषाको अध्यक्ष विजय यादवको अध्यक्षतामा २२ जनाले रक्तदान गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहरको कारण लामो समयदेखि बन्दाबन्दी भएको कारण रक्तबैंकमा रगतको अभाव रहेको कारणले कसैको ज्यान गुमाउन नपरोस भन्ने उदेश्यका साथ रक्तदान गरेको विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष विजय यादवले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी धनुषा प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

सो रक्तदान कार्यक्रममा स्थानीय ई मुकेश शर्माले १ काटुन फुरुटी र २ काटुन पानि सहयोग गरेको थिए।

नेपाल रेडक्रस सोसाइटी धनुषाका इन्चार्ज श्रीनारायण न्योपाने ,प्रहरी चौकी खरियानीका कार्यालय प्रमुख बिरेन्द्र पाण्डेको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]