३० आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

अब दाताकै सहारामा बाँकी जीवन

Logo
प्रकाशित बुधबार, आषाढ ०२, २०७८

गोपालप्रसाद बराल
महोत्तरी ,२ असार । “उजाडिएको परिवार अब के गरी सम्हालिन्छ हजुर।।” सहानुभूति दर्शाउन घर पुग्ने जोसुकैसँग महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका ६५ वर्षीय बलबहादुर परियार बलिन्द्र धारा आँसु काढ्दै एकोहोरो यस्तै बिलौना गर्नुहुन्छ । “अब बुताको कुरा रहेन, दयामायामा पुग्यो जिन्दगी १ दाताकै सहारामा बाँकी जीवन हुने’भो !” एक दिनको फरकमा दुई छोरा गुमाउँदाको पीडाले गलेका परियारको थप बिलौना हुन्छ ।

गत जेठ अन्तिम साता परियार परिवारमा बज्रपात भयो । जेठ २८ गते जेठो छोरा ४० वर्षीय बौवा भनिने देवबहादुर परियार घर नजिकै पासो लागेको अवस्थामा मृत भेटिए । त्यसको लगत्तै भोलिपल्ट जेठ २९ गते ३५ वर्षीय माइलो छोरा रमेश परियार बर्दिबास–१ मा पर्ने पूर्वपश्चिम राजमार्ग नजिकै मृत भेटिए । एक दिनको फरकमा दुई छोराको अस्वभाविक मृत्युले परियार परिवार अहिले विक्षिप्त अवस्थामा पुगेको छ ।

सानो काठे घर, एकापटी बलबहादुर थाप्लामा हात राखेर बिलौना गरी रहनु भएको देखिन्छ । अर्कापटी मृतक रमेश परियारकी करिब ३० वर्षीया पत्नी सञ्जु दुई लालाबाला काखमा लिएर बिलौना गर्दै । रुँदारुदै अब परियार परिवारको आँसु रित्तिदै छ । “हजुर, तीन छोरा स—सानै थिए, बुढी ९पत्नी० मरी, यिनले पाल्छन् भन्ने आशले अर्की ल्याउनेतिर लागिन, बनीबुतो गरेर हुर्काएँ”, बलबहादुरले घरमा पुगेका सञ्चारकर्मीसँग भक्कानिदै भन्नुभयो, “कान्छो घर छाडेर हिड्यो कान्छी लिएर, घरमा भा’का दुइटा भकाभक मरे, यो काल मलाई चैं किन आएन रु” तीन भाइ छोरा भएपनि जेठो क्यान्सरले गाँजेको हुँदा सिकर्मी सीप भएको माइलाले काम गरेर परिवारको भरणपोषण चलाएको बलबहादुरको भनाइ छ । “उ ढले ९मरे० पछि मेरो परिवार उजाडियो, अब माइली बुहारी, नातिनातिना र आपूm कसको सहारामा बाँच्ने रु” बलबहादुरले आफ्नो दुःखेसो पोख्नुभयो ।

केही वर्ष बैदेशिक रोजगारमा मलेशिया रहेका जेठा छोरा ९देवबहादुर० को दुर्घटनामा परी एउटा खुट्टा जखम भएर दुई वर्षअघि घर फर्केपछि क्यान्सर भएको थियो । बिहे पनि नगरेका र रोगका कारण जीवनबाट निरास भएका जेठाले आत्महत्या रोजेको परिवारका सबै बताउँछन् । तर दिनहुँ काम गर्दै आएका माइलाको मृत्युबारे परियार परिवारले चित्त बुझाउने ठाउँ भेट्टाएको छैन । “उ कर्तव्यमै परेको हुनपर्छ”, बलबहादुले भन्नुभयो । घरबाट करिब दुई किलोमिटरको दूरीमा राजमार्ग नजिक मृत भेटिएका रमेशको शरीरमा देखिएका चोटबारे गहिरो अनुसन्धान हुनपर्ने परियार परिवारको माग छ ।

गौरीडाँडामा एक कठ्ठा ऐलानी पर्ती जग्गामा सानो कटेरोजस्तो घरबाहेक यो परिवारको टेक्ने समाउने अन्य कुनै भरथेग नभएको छिमेकी बताउँछन् । “बलबहादुरले आफ्नो बुता हुँदा बनीबुतो गरेर छोरा हुर्काउनुभयो, अहिले लगालगी दुई छोरा गएपछि बज्रपात प¥यो”, छिमेक बस्तीकै सामाजिक, राजनीतिक कार्यकर्ता सरिता ढुङ्गानाले भन्नुभयो, “खासमा माइलाको मृत्युले यो परिवारको गाँस खोसियो ।” घरमा आउनेसँग बलबहादुर सकी नसकी कुरा गरेपनि सञ्जु ९रमेशकी पत्नी० भने पतिको मृत्युसँगै अचेतजस्तै देखिनुहुन्छ । दुईतिर छोराछोरी ९एक छोरा, एक छोरी० राखेकी सञ्जु हिक्किदै रुनबाहेक बोल्न सक्नु भएको छैन । परिवारको बिचल्ली देखेर सामाजिक सङ्घसंस्थाले तत्काल भरथेग गर्न तयारी खानेकुरा ९चाउचाउ, बिस्कुट० र केही खाद्यान्न पु¥याइ दिएका छन् । परियार परिवार अहिले यस्तै सहयोगले चलेको छ । “दया हुने आएर बुहारी र नानीहरुलाई ललाइफकाई ख्वाई दिन्छन्, म पनि केही खाएर सास अल्झाइ रहेको छु” बलबहादुरले सहयोगप्रति कृतज्ञभाव दर्शाउँदै भन्नुभयो, “पापी सास जान सकेन, बुढेसकालमा बिल्लीबाठ हुनप¥यो ।”

परियार परिवारलाई परेको यो चोटमा दलित मुक्ति समाज बर्दिबासले खाद्यान्न र फेरफारका लत्ताकपडा सहयोग गरेको छ । परिवारजनलाई सान्त्वना दिएर सहज बनाउन छरछिमेक पनि लागिपरेको छिमेककै सामाजिक कार्यकर्ता सरोज गजमेरले बताउनुभयो । मर्ने त मरेर गइ गए । बाँचेका आपूmहरुलाई सधैंको पिरलो सहनुपर्ने वाध्यता आइलागेको बलबहादुरले बताउनुभयो । “जेठो त विरक्तिएको थियो जीवनबाट, तैपनि केही वर्ष बाँचोस् भन्ने आश हुँदाहुँदै झुन्डिएछ, तर माइलो कसरी म¥यो रु हजुर यो पत्ता लगाउन सहयोग गरी दिनप¥यो”, बलबहादुरको घर पुग्नेहरुसँग आग्रह छ ।

घरमा सहयोगस्वरुप आएको सामग्री तुरिएपछि के गर्ने भन्ने बलबहादुरको पिरोलो छ । शारीरिक रूपमा अशक्त र कान पनि राम्ररी नसुन्ने ६५ वर्षीय बलबहादुर सहाराका लागि घरिघरी बुहारीतिर नजर लगाउनुहुन्छ । “अब एउटै आश सञ्जु हो, यिनी सम्हालिनै पर्छ”, छिमेकी गङ्गा परियारले भन्नुभयो, “आपद्मा धैर्य डगाउनु त भएन नि १” गङ्गाको भनाइले सह पाएका बलबहादुर पनि सञ्जुतिर फर्कदै नानीहरुको मुख हेरेर बुहारीलाई सम्हालिन आग्रह गर्नुहुन्छ ।

यसैबीच बर्दिबास–३ का वडाध्यक्ष राजन ढुङ्गानाले परियार परिवारको तत्काल राहत र सञ्जुलाई उपयुक्त कामका लागि पहलकदमी लिने बताउनुभयो । “परियार परिवारको बिचल्ली भएको छ”, उहाँले भन्नुभयो, “आपद्कालीन राहतका लागि सहयोग जोरजाम गर्नुप¥यो, मुख्य कुरा चैं परिवार जोगाउन सञ्जुलाई उपयुक्त कामको खोजी गर्नुछ ।” यता इलाका प्रहरी कार्यालय बर्दिबासले दुबै दाजुभाइको मृत्युको घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]