०४ कार्तिक २०८२, मंगलबार
21-10-2025 , Tue
×

पर्यटनमन्त्री उमाशंकर अरगरियालाई गृह जिल्लामा १०१ किलोको मालाले स्वागत

Logo
प्रकाशित बुधबार, आषाढ ०२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२ असार। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियालाई बुधबार धनुषामा १०१ किलोको मालाले स्वागत गरिएको छ । मन्त्री यादवलाई जनकपुरधाममा नेता तथा कार्यकर्ताले १०१ किलोको मालाले स्वागत गरेका हुन् ।

मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला आएका अरगरियालाई जसपाका युवा नेता राजेश यादवले १०१ किलोको मालाले स्वागत गरेका थिए ।

जसपा महन्थ ठाकुर पक्षका नेता, कार्यकर्ता र नेकपा एमालेका युवा नेताहरुले स्वागत गरे पनि कार्यक्रम स्थलमा भने जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव निकटका नेताहरुको उपस्थिति थिएनन् ।

जनकपुरको भानु चोकस्थित घर पुगेपछि उनलाई आफन्तले समेत स्वागत गरेका थिए । घरमा १० मिनेट पनि नबसेर उनी बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले राखेको स्वागत कार्यक्रममा पुगेका थिए ।

उनले आजै जानकी मन्दिरमा पूजापाठ पनि गरेका छन् । मन्त्रीको पदभार ग्रहण गरेलगत्तै उनले जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्न आवश्यक अध्ययन तथा अनुसन्धानका लागि समिति गठन गरेका थिए ।

मन्त्री अरगरियाले प्रादेशिक अस्पताल जनकपुरलाई भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र आईसीयुमा चाहिने स्वास्थ्य सामग्री समेत सहयोग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]