१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

मन्त्री बन्नु ठूलो कुरा होइन, मन्त्रीस्तरको भिजन हुनु आवश्यक:सांसद राम अशिष यादव

Logo
प्रकाशित आइतबार, आषाढ २२, २०७६

ओम प्रकाश साह
जनकपुरधाम: मर्यादित कामका लागि सहकारी भन्ने नाराका साथ ९७ औं अन्तर्राष्टिूय सहकारी दिवस’ शनिबार जनकपुरमा मनाएको छ।सहकारी दिवसको अवसरमा समाजवादी पार्टी नेपाल प्रदेश २का संसदीय दलको उपनेता साँसद राम आशिष यादवले जुन गल्ती पहिला संघीय सरकारले गरिरहेका थिए सोही गल्ती प्रदेश सरकारले पनि दोहार्याई रहेको बताएका छन् । उनले मन्त्री बन्नु ठूलो कुरा होइन, मन्त्रीस्तरको भिजन हुनु आवश्यक छ । तर यहाँका मन्त्रीहरुमा भिजनको समेत अभाव रहेको बताएका छन् ।

जिल्ला बचत तथा ऋण सहकारी धनुषाका अध्यक्ष धुब्रनारायण यादवको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका साँसद यादवले सहकारीको उद्देश्य नै आर्थिक समृद्धि हुन्छ । प्रदेश सरकारले पनि सहकारीसँग समन्वय गरी अगाडि बढेमा यो प्रदेश समृद्ध प्रदेश बन्ने ठोकुवा गरेका छन् । उनले पन्छ्याउने भाषामा भने, ‘प्रदेश सरकारसँग पनि ठूलो चुनौती रहेको छ । कर्मचारीको अभाव, सचिवहरुको बदमासी तथा संघीय सरकारको असहयोगको कारण पनि प्रदेशमा जुन प्रकारले विकासको गतिलिनुपर्ने छ त्यसो देखिएको छै ।’

साँसद यादवले प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ अभियन’ निक्कै प्रशंसनीय रहेको भन्दै यसले प्रदेश पूर्ण शिक्षित र विकास हुने ठोकुवा गरेका छन् । बजेट बाडफाँडमा संघीय सरकारले विभेद गरेको आरोप लगाउँदै वर्तमान अवस्थामा प्रदेश र संघ मिलेर जाने अवस्था निक्कै कम रहेको बताएका छन् । कार्यक्रम का बिशिस्ट अतिथि तथा भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले कहालीलाग्दो व्यापार घाटा कम गर्नका लागि सरकार, निजि र सहकारीले मिलेर अगाडी बढ्नुपर्ने धारणा राखेका छन् ।

राष्ट्रिय सहकारी संघ लि नेपालले ९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सहकारी मोडेलमार्फत दिगो विकासका लागि सरकारले सहकार्य गर्ने बताए ।पत्येक बर्षको जुलाइको पहिलो शनिवारलाई विश्वभरिका सहकारीकर्मीले अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउँछन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइएको छ । मर्यादित कामका लागि सहकारी भन्ने नाराका साथ ९७ औं सहकारी दिवस मनाइएको हो । सो अवसरमा मन्त्री यादबले मुलुक निर्माणमा सहकारीको भूमिका अपरिहार्य रहेको बताएका हुन् ।

‘मुलुकको विद्यमान व्यापार घाटा कम गर्नुपर्ने चुनौती छ । त्यसका लागि सरकार र निजि क्षेत्रले मात्र पुरा गर्न नसक्ने भएकाले समुदायसँग जोडिएको सहकारीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन । उनले सहकारी क्षेत्र उत्पादनसिल, पर्यटन, जलविद्युतलगायतका क्षेत्रमा समेत क्रियासिल हुनुपर्ने बताउनुभयो ।जिल्ला मूल समारोह समिति, धनुषा तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लि।धनुषाद्वारा आयोजित ९७औ अन्तर्राष्टिूय सहकारी दिवसको अवसरमा सहकारी विभागका प्रदेश २ का अध्यक्ष संजय साह, जिवछ महतो, विजय महतो, बिमला देवि ,पुनम झा मैथिल , राजेन्द्र किरण ,संतोस ढकाल , सहितका व्यक्तिहरुले आ आफ्ना धारणा राखेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]