१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ ०३, २०७८

न्यूजमधेश डेस्क
कैलाली ,३ असार । कैलालीमा आफ्नै छोरीको जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा ५१ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

गत जेठ २७ गते आफ्नै घरमा मृतावस्थामा फेला परेकी बालिकाको घटना शङ्कास्पद देखिएकोले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा मृतकका बुवाले २७ गते आफ्नै भैँसी गोठमा लगी जबरजस्ती करणी गरी पोल खुल्ने डरले झुण्ड्याई हत्या गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रनाउ विष्टले बताउनुभयो ।

मृतकका बुबाविरुद्ध ज्यानसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]