२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

दलित बस्तीमा मन्त्री अरगरियाले दलानको शिलान्यास गरेपछी स्थानीयमा खुसियाली

Logo
प्रकाशित शुक्रबार, आषाढ ०४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,४ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले दलित बस्तीमा दलालको शिलान्यास गरेपछी स्थानीयमा खुसियाली छाएको छ।

विहिबार धनुषाको शहिदरनगर नगरपालिका ३ यदुकोहामा बिहिवार एक कार्यक्रमबीच मन्त्री अरगरियाले पुजापाठ गरि दलानको शिलान्यास गरेका छन् ।

उक्त दलान ६० लाखको लागतमा निर्माण हुने बताइएको छ । मन्त्री अरगरियाले दलान समयमै र तोकेको मापदण्ड अनुसार निर्माण गर्न निर्देशन दिएका छन् ।

स्थानीयका अनुसार विगतमा विवाह जस्ता कार्यहरु गर्न बडो समस्या हुन्थ्यो । अब सामुहिक दलान बनेपछि समस्या समाधान हुन्छ ।

यस्तै मन्त्री अरगरियालाई शहिदनगर नगरपालिकाकै धबौली यादव टोलमा ढोल पिपहीबाट भव्य स्वागत गरिएको छ । त्यहाँका यूवाहरुले १०१ किलोको माला समेत मन्त्री अरगरियालाई लगाएर स्वागत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]