०६ बैशाख २०८३, सोमबार
20-04-2026 , Mon
×

धनुषा – सिरहा जोड्ने निर्माणधिन कमला पुलको निरिक्षणमा मन्त्री अरगरिया

Logo
प्रकाशित शुक्रबार, आषाढ ०४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,४ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले कमला नदीको निर्मार्णाधिन पुलको निरीक्षण गरेका छन् ।

मन्त्री भएपछि बुधवार गृहजिल्ला धनुषा आएका मन्त्री आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग भेटघाट तथा विकास निर्माणका काम कारवाहीबारे जानकारी लिँदै आवश्यक निर्देशन दिइरहेका छन्।

यसैक्रममा शुक्रवार मन्त्री अरगरियाले निर्मार्णाधिन धनुषा-सिरहा जोड्ने कमला नदीको पुलको निरीक्षण गरेका हुन्। पुलको निर्माण कार्य अन्तिम चरणमा छ।

निरीक्षणको क्रममा ठेकेदार कम्पनीका इन्जीनियरले १५ दिनभित्रै पुल स ञ्चालनमा आउने प्रतिबद्धता मन्त्री अरगरियासँग जनाएका थिए। मन्त्री अरगरियाले समयमै काम सक्न निर्देशन दिएका थिए।

‘यो पुल संचालनमा आएपछि सिरहा र सप्तरीका लाखौं जनता लाभान्वित हुनेछन्। यहाँ मजबुत तटबन्ध निर्माणका लागि आवश्यक पहल गर्नेछु,’ मन्त्री अरगरियाले भने। मन्त्रीसँगै यहाँका स्थानीय पनि पुल निर्माण स्थलमा पुगेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]