०४ फाल्गुण २०८२, मंगलबार
17-02-2026 , Tue
×

जनकपुर जेसीजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

Logo
प्रकाशित आइतबार, आषाढ २२, २०७६

ओम प्रकाश साह ,जनकपुरधाम : समाजिक उत्तर दाइत्व अन्तरगत जनकपुर जेसीजद्वारा ‘रक्तदान जीवन दान’ भन्ने प्रमुख नाराका साथ रक्तदान कार्यक्रम शनिबार जनकपुरमा सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटी धनुषाको ब्लड बैंकमा रगतको अभाव भएकोले रक्तदान कार्यक्रम जनकपुर जेसीजको आयोजनामा ८३ जना व्यक्तिहरुले रक्तदान गरेको छ।जेसीजका अध्यक्ष तुलसी पजियारको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथि जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मल कुमार चौधरीले रक्तदान सबभन्दा पुण्यको कार्य मात्र नभई आफ्नो शरीरलाई स्वस्थ्य राख्नका लागि आवश्यक रहेको बताएका छन् । उनले रक्तदान गर्दा दिनेलाई पनि राम्रो हुन्छ र अरुलाई पनि जीवन दान हुने गरेको बताएका छन् ।

रक्तदान कार्यक्रममा जेसीजका सदस्यहरु लगायतका व्यक्तिहरुले पनि रक्तदान गरेका छन् । कार्यक्रममा पूर्व जेसीज अधयक्ष सुधिर पजियार, प्रविण कुमार कर्ण सहितका व्यक्तिहरुले रक्तदान गरेका छन् ।
बढ्दो गर्मीका बढीरहेको रोगले गर्दा अहिले रेडक्रसमा समेत रक्तको अभाव रहेको छ । रक्तको कारण कुनै पनि व्यक्तिको मृत्यु नहोस् उद्देश्यका साथ रक्तादन गरिएको जेसीज अध्यक्ष तुलसी पजियारले बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]