०८ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
×

पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा

Logo
प्रकाशित शनिबार, आषाढ ०५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,५ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोग गएको छ ।

अध्यक्ष यादवसहितका नेताहरुको टोलीले शुक्रबार निर्वाचन आयोगमा पुगी जसपाको वैधानिकताको दावी गरेको हो ।

यसअघि गत जेठ १८ को पार्टी पदाधिकारी बैठकले निर्णय गरेबमोजिम पार्टी आधिकारिकरूपमा सञ्चालन गर्नुपर्ने भएकाले यही असार ३ गतेको कार्यसमितिको निर्णयबमोजिम पार्टी आधिकारिताको विवाद निरुपण सम्बन्धमा निर्वाचन आयोगसँग दलको विधान तथा कानूनबमोजिम निर्णयका लागि लिखित दावी पेश गरिएको जसपाले आयोगलाई बुझाएको निवेदनमा उल्लेख छ ।

सत्ता समीकरणमा दुई पक्षमा विभाजन भएको जसपाको एउटा समूहको नेतृत्व यादव र अर्को पक्षको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गर्नुभएको छ । ठाकुर नेतृत्वको समूह अहिले सरकारमा सहभागी छ ।

पार्टी आधिकारिकताको लामो समयदेखि विवाद छ । दुवै पक्षले एक अर्कालाई कारबाही गरेर पार्टीबाट निष्कासन गरे पनि निर्वाचन आयोगले मान्यता दिएको छैन ।

यादव पक्षको बिहीबार भएको कार्यकारिणी समितिको बैठकले जसपाको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]