१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

उम्मेदवारीबारे छलफल गर्न देउवाले बोलाए निधिलाई

Logo
प्रकाशित शनिबार, आषाढ ०५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,५ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न १४औं महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे छलफल गर्न उपसभापति विमलेन्द्र निधिलाई बोलाएका छन्।

देउवाले प्रदेश २ का आफू पक्षीय केन्द्रीय सदस्य निधिसहित अन्य नेताहरुलाई पनि बोलाएका छन् ।

देउवानिकट एक केन्द्रीय सदस्यका अनुसार पुनः सभापतिमा आफैं उठ्ने बताउनका लागि देउवाले निधिलाई बोलाएका हुन्। सभापतिमा निधिले उठ्ने यसअघि बताइसकेका छन्। आफ्नो पूर्वनिर्णयबाट पछि हट्नको लागि देउवाले निधिलाई आग्रह गर्ने बताइएको छ ।

एउटै समूहमा रहेका निधिले उम्मेदवारी दिने भएपछि संस्थापनपक्ष कमजोर बन्ने आकलन गरिएको छ। कांग्रेसले भदौ १६ देखि १९ सम्म १४ औं महाधिवेशन गर्ने गरी समय निर्धारण गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]