१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

ठाकुरसँग हार्ने निश्चित भएपछि गुण्डागर्दीमा उत्रियो उपेन्द्र समूह, यी महिला सांसद पतिको ज्यान लिने प्रयास

Logo
प्रकाशित शनिबार, आषाढ ०५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,५ असार। जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रुही नाज दम्पतीमाथि आक्रमण भएको छ ।

सर्लाहीबाट निर्वाचित संघीय सांसद नाज र उनका श्रीमानमाथि शुक्रवार सांघातिक हमला भएको हो । आक्रमणबाट सांसद नाजका श्रीमानको टाउको फुटेको छ ।

उनको ज्यान लिने प्रयास गरिएको पीडित परिवारले बताएको छ । सांसद नाजका सहयोगीका अनुसार उनीहरुमाथि जसपाका शीर्ष नेता महेन्द्रराय यादव निकट युवाहरुले हमला गरेका हुन् । गम्भिर घाइते नाजका पतिको अहिले उपचार भइरहेको छ । आक्रमण गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महेन्द्रराय यादव अहिले जसपामा प्रथम अध्यक्ष महन्थ ठाकुरलाई छोडेर यादव थरको जातीय सेन्टिमेन्टसँग जोडिँदै उपेन्द्र यादवको कित्तामा पुगेका छन् । उपेन्द्र यादवले महन्थलाई हटाएर पार्टी कब्जा गर्ने रणनीति लिएका छन् । ठाकुर समूहका मान्छे तानेर आफू बहुमतमा पुग्ने र पार्टी कब्जा गर्ने उपेन्द्रको रणनीति सफल हुन सकेको छैन । संसदीय दलमा र अहिले आएर कार्यकारिणीमा समेत ठाकुर समूहको बहुमतले उपेन्द्र पुरै अल्पमतमा परेका छन् । यस्तोमा ठाकुर समूहलाई साथ दिने सांसदमाथि दबाब बढाउन उपेन्द्र समूह आक्रमणमा उत्रिएको छ ।

विगतमा पूर्वसमाजवादी पार्टीबाट निर्वाचित सांसद नाज अहिले ठाकुर समूहतिर लागेकी छन् । जसरी पूर्वराजपाबाट निर्वाचित महेन्द्र राय यादव उपेन्द्र समूहतिर लागे त्यसैगरी रुही नाज ठाकुर समूहतिर लागिन् । महेन्द्रराय उपेन्द्रतिर लाग्दा ठाकुर समूहले केही भनेन । उनको निर्णयलाई स्वीकार गरयो । तर रुही नाजले आफ्नो निर्णय गरेर कित्ता परिवर्तन गर्दा उपेन्द्र समूह धम्क्याउने र कुटपिट गरेर मनोवैज्ञानिक त्रास दिएर गुण्डागर्दीमा उत्रिएको छ । जसपा यादव समूह स्रोतका अनुसार उपेन्द्र यादवको निर्देशनमा महेन्द्ररायका मान्छेले सांसद नाज दम्पतीमाथि हमला गरेका हुन् । महेन्द्रले रुही पनि आफूसँगै उपेन्द्र समूहमा नलागेको भन्दै आक्रमण गराएको बताइएको छ ।

यसअघि पनि महेन्द्ररायका मान्छेले रुहीलाई धम्क्याउने, गाली गर्ने, डर, त्रास देखाएर दबाब दिँदै आएका छन् । राजनीतिक रुपमा पकड कमजोर भएपछि गुण्डागर्दीमा उत्रिएर पार्टीमा बहुमत पुर्याउने हर्कतमा उपेन्द्र समूह लागेको छ । यसको उचित प्रतिवाद गरिने ठाकुर समूहका नेताहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]