३१ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

मन्त्रीलाई माइतीको सम्मान

Logo
प्रकाशित आइतबार, आषाढ ०६, २०७८

न्यूजमधेश डेस्क
महोत्तरी ,५ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले दाइजो, बालविवाह, तलाक, अनमेल तथा बहुविवाह समृद्धि र विकासको वाधक रहेको बताउनुभएको छ ।

महोत्तरीको मटिहानी पुग्नुभएकी मन्त्री चौधरीले आफ्नै सम्मानमा मटिहानी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा यी सामाजिक विकृति नहटेसम्म समृद्धि र सुखको अनुभूति लिन नसकिने बताउनुभएको हो । मटिहानी मन्त्री चौधरीको जन्मस्थल ९माइती० हो ।

जनता समाजवादी पार्टीकी नेत्री मन्त्री चौधरीले छोरी शिक्षालाई बढावा दिन नगरप्रमुख हरिप्रसाद मण्डलसहित स्थानीय जनप्रतिनिधिसँग अपिल गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]