१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

पर्यटन मन्त्री उमाशंकर अरगरियाले गरे राम मन्दिरको शिलान्यास

Logo
प्रकाशित आइतबार, आषाढ ०६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,६ असार । पशुपतिनाथ मन्दिर परिसरमा राम मन्दिर निर्माण हुने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले आइतवार उक्त मन्दिरको शिलान्यास गरेका छन्।

शिलन्यासपछि मन्त्री अरगरियाले पुननिर्मित राम मन्दिरले धार्मिक पर्यटनमा थप टेवा पुग्ने बताए। उनले समयमै निर्माण कार्य सम्पन्न गर्न पनि निर्देशन दिए।

मन्दिर पुरातत्व विभागको मापदण्डअनुसार परम्परागत शैलीमा बन्ने जानकारी दिँदै मन्त्री अरगरियाले युनेस्कोको विश्व सम्पदा सूचीमा परेको सम्पदाको कुनै संरचनागत परिवर्तन नहुने बताए।

साधुसन्तको सुरक्षालाई ख्याल गरेर निर्माण हुने बताउँदै कसैलाई पनि अवहेलना र निकालिने वातावरण अन्त्य गरिने उनको भनाइ थियो।

भूकम्पबाट क्षतिग्रस्त मन्दिरको पुनर्निर्माणका लागि काम सुरु भएको छ। ७ करोड लगानीमा आगामी अढाई वर्षभित्र सक्नेगरी राम मन्दिरको पुनर्निर्माण कार्य सुरु भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोषका पदाधिकारी, साधुसन्त र भक्तजन सहभागी शिलान्याश कार्यक्रममा कोषका सदस्य सचिव डा प्रदीप ढकालले मन्दिर निर्माणको काम समयमै सक्ने प्रतिबद्धता जनाए।

सो अवसरमा मन्त्री अरगरियाले पशुपति क्षेत्र विकास कोषको निरीक्षण गरेका थिए। कोषका अध्यक्षसमेत रहेका मन्त्री अरगरिया कार्यकारी निर्देशक डा घनश्याम खतिवडा र सदस्य सचिव ढकालका साथमा निरीक्षण गरेका हुन्।

मन्त्रालय र कोष मिलेर पशुपति विकास कोषलाई पर्यटकीय र विकासका हिसाबले व्यवस्थित बनाउन काम गर्नुपर्ने धारणा मन्त्री अरगरियाले निरीक्षणका क्रममा राखे। निरीक्षणका क्रममा उनले पशुपति नाथ मन्दिरको दर्शन पनि गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]