११ माघ २०८२, आइतबार
25-01-2026 , Sun
×

उद्योगमैत्री वातावरण निर्माण गरी बेरोजगारी समस्या अन्त्य गरिने : मन्त्री यादव

Logo
प्रकाशित आइतबार, आषाढ ०६, २०७८

न्यूजमधेश डेस्क
लहान ,६ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले मुलुकमा उद्योगमैत्री वातावरण निर्माण गरी बेरोजगारी समस्या अन्त्य गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ ।

जिल्ला उद्योग वाणिज्य संघ, सिरहाद्वारा लहानमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले भन्नुभयो,“मुलुकमा औद्योगिक विकास गर्न सकिए बेरोजगारी स्वतः न्यूनीकरण हुन्छ, यही नै मेरो मूल उद्देश्य हो ।”

उद्योगलाई व्यवस्थित एवं पारदर्शी, देशमा बन्द अवस्थामा रहेका पुराना उद्योगलाई पुनर्जीवन र थप नयाँ उद्योग स्थापना गर्ने लक्ष्यसहित गृहकार्य अगाडि बढाइएको मन्त्री यादवले बताउनुभयो ।

मुलुकमा आपूर्ति व्यवस्थालाई सहज र सबैको पहुँच हुने खालको बनाएर उपभोग्य सामग्रीको अभाव समस्या अन्त्य गर्न पनि काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष अशोकलाल अमात्यका अध्यक्षतामा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीले कोरोना महामारी र निषेधाज्ञाका मारमा रहेका उद्योगी व्यवसायीलाई कर छुट र राहत कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]