१२ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

उद्योगमैत्री वातावरण निर्माण गरी बेरोजगारी समस्या अन्त्य गरिने : मन्त्री यादव

Logo
प्रकाशित आइतबार, आषाढ ०६, २०७८

न्यूजमधेश डेस्क
लहान ,६ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले मुलुकमा उद्योगमैत्री वातावरण निर्माण गरी बेरोजगारी समस्या अन्त्य गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ ।

जिल्ला उद्योग वाणिज्य संघ, सिरहाद्वारा लहानमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले भन्नुभयो,“मुलुकमा औद्योगिक विकास गर्न सकिए बेरोजगारी स्वतः न्यूनीकरण हुन्छ, यही नै मेरो मूल उद्देश्य हो ।”

उद्योगलाई व्यवस्थित एवं पारदर्शी, देशमा बन्द अवस्थामा रहेका पुराना उद्योगलाई पुनर्जीवन र थप नयाँ उद्योग स्थापना गर्ने लक्ष्यसहित गृहकार्य अगाडि बढाइएको मन्त्री यादवले बताउनुभयो ।

मुलुकमा आपूर्ति व्यवस्थालाई सहज र सबैको पहुँच हुने खालको बनाएर उपभोग्य सामग्रीको अभाव समस्या अन्त्य गर्न पनि काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष अशोकलाल अमात्यका अध्यक्षतामा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीले कोरोना महामारी र निषेधाज्ञाका मारमा रहेका उद्योगी व्यवसायीलाई कर छुट र राहत कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]