१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

सेती अस्पतालको ओपिडी सेवा सञ्चालनमा

Logo
प्रकाशित आइतबार, आषाढ ०६, २०७८

न्यूजमधेश डेस्क
कैलाली ,६ असार । सेती प्रादेशिक अस्पतालको ओपिडी सेवा आजबाट सञ्चालनमा आएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको ओपिडी सेवा हाल सङ्क्रमणको दरमा केही कमी भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी सञ्चालनमा आएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

ओपिडी सेवा साविकबमोजिम सञ्चालन हुने बताइएको छ ।कोरोना सङ्क्रमित र मृत्यु हुनेहरुको दर बढ्दै गएपछि कैलालीमा जिल्लाभर वैशाख १६ गते देखी निशेधाज्ञा लागू गरिएको थियो ।

“सेती प्रादेशिक अस्पतालमा सङ्क्रमित हुनेहरुको चाप ह्वात्तै बढेपछि शय्या भरिभराउ भएर केही दिन अस्पताल परिसर र ग्यालेरीमा सङ्क्रमित बिरामीलाई राखेर उपचार गर्नुपर्ने स्थिति सिर्जना भएको थियो”, सूचना अधिकारी श्रेष्ठले भन्नुभयो, “अहिले कोरोना सङ्क्रमित बिरामीका लागि छुट्याइएर राखिएका शय्या समेत खाली भएका छन् ।” सङ्क्रमण नै कम भएर परिक्षणको दर पनि घटेको हुन सक्ने उहाँको भनाई छ ।

धनगढीको सेती प्रादेशिक अस्पतालमा मात्रै वैशाख २० गते एक हजार २२३ जनामा नमूना परीक्षण गर्दा एकैदिन ५९८ जनामा कोरोना पुष्टि भएको थियो भने कोरोनाबाट आठ जनासम्म मृत्यु भएको अस्पतालको तथ्याङ्मा उल्लेख छ । अहिले अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेको छ ।

अस्पतालमा १६ जना कोरोना सङ्क्रमित बिरामी उपचाररत रहेका छन् । यसमध्ये नौ जना आइसियुमा, दुई जना भेन्टिलेटरमा र पाँच जना अक्सिजन सपोर्टमा उपचाररत रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]