०९ पुष २०८२, बिहिबार
25-12-2025 , Thu
×

सेती अस्पतालको ओपिडी सेवा सञ्चालनमा

Logo
प्रकाशित आइतबार, आषाढ ०६, २०७८

न्यूजमधेश डेस्क
कैलाली ,६ असार । सेती प्रादेशिक अस्पतालको ओपिडी सेवा आजबाट सञ्चालनमा आएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको ओपिडी सेवा हाल सङ्क्रमणको दरमा केही कमी भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी सञ्चालनमा आएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

ओपिडी सेवा साविकबमोजिम सञ्चालन हुने बताइएको छ ।कोरोना सङ्क्रमित र मृत्यु हुनेहरुको दर बढ्दै गएपछि कैलालीमा जिल्लाभर वैशाख १६ गते देखी निशेधाज्ञा लागू गरिएको थियो ।

“सेती प्रादेशिक अस्पतालमा सङ्क्रमित हुनेहरुको चाप ह्वात्तै बढेपछि शय्या भरिभराउ भएर केही दिन अस्पताल परिसर र ग्यालेरीमा सङ्क्रमित बिरामीलाई राखेर उपचार गर्नुपर्ने स्थिति सिर्जना भएको थियो”, सूचना अधिकारी श्रेष्ठले भन्नुभयो, “अहिले कोरोना सङ्क्रमित बिरामीका लागि छुट्याइएर राखिएका शय्या समेत खाली भएका छन् ।” सङ्क्रमण नै कम भएर परिक्षणको दर पनि घटेको हुन सक्ने उहाँको भनाई छ ।

धनगढीको सेती प्रादेशिक अस्पतालमा मात्रै वैशाख २० गते एक हजार २२३ जनामा नमूना परीक्षण गर्दा एकैदिन ५९८ जनामा कोरोना पुष्टि भएको थियो भने कोरोनाबाट आठ जनासम्म मृत्यु भएको अस्पतालको तथ्याङ्मा उल्लेख छ । अहिले अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेको छ ।

अस्पतालमा १६ जना कोरोना सङ्क्रमित बिरामी उपचाररत रहेका छन् । यसमध्ये नौ जना आइसियुमा, दुई जना भेन्टिलेटरमा र पाँच जना अक्सिजन सपोर्टमा उपचाररत रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]