२८ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

खाडी मुलुक जाने नेपाली कामदारसंग बढी रकम असुल्ने एजेन्सीमाथी मन्त्री अरगरिया एक्सनमा

Logo
प्रकाशित सोमबार, आषाढ ०७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,७ असार । वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने नेपाली कामदारसँग बढी भाडा असुल्ने ट्राभल एजेन्सीमाथि सरकारले कडा एक्सन लिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाको निर्देशनमा बढी भाडा लिने ट्राभल एजेन्सीविरुद्ध कानुनी कारवाही थाल्न नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रहरीलाई पत्र काटेको छ ।

काठमाडौंदेखि साउदी अरबको दमामसम्म नियमित उडानतर्फ एकतर्फी भाडादर ३५ देखि ४० हजारसम्म रहेकोमा महामारीमा सीमित उडानको मौका छोपेर ट्राभल एजेन्टहरुले २ लाखसम्म असुलेको तथ्य सार्वजनिक भएपछि कारवाही अगाडि बढाइएको हो ।

६ वर्षदेखि साउदी अरबमा इलेक्ट्रोनिकल इन्जिनियरको रुपमा कार्यरत कलमदेव साहलाई काठमाडौंको गौशालामा रहेको रस्बिता इन्टरनेशनल ट्राभल एण्ड टुर एजेन्सीले दुई लाख ७ हजार पाइएको छ । यो तथ्य बाहिर आएपछि प्राधिकरणले महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्र काटेको हो ।

रस्बिता ट्राभल्सले उठाएको भाडादर प्राधिकरणको भाडादरभन्दा अत्यधिक बढी देखिएको भन्दै आवश्यक छानविन गरी प्रचलित कानुन बमोजिम कारवाही गर्न प्रहरीलाई अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]