१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

Logo
प्रकाशित बुधबार, आषाढ ०९, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,९ असार। मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् ।

सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन् । पदमुक्त भएका मन्त्रीहरूलाई प्रधानमन्त्री केपी ओलीले निवास नछोड्न भने पनि उनीहरू मन्त्री निवासबाट पनि बाहिरिन थालेका छन् ।

पदमुक्त भएका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले अदालतको पूर्ण आदेश नआएसम्म काम गर्न र नगराउन दिएको अन्तरिम अदेशलाई सम्मान तथा कार्यान्वयन गर्ने बताउनुभयो । कोरोनाको खोप प्राप्ति तथा विपद् व्यवस्थापनको समयमा जिम्मेवार मन्त्रालयहरू नेतृत्वविहीन हुनु दुःखद् भएको उहाँको भनाइ छ ।

जनता समाजवादी पार्टी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि प्रधानमन्त्री ओलीले गत जेठ २१ र २७ गते मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । २५ मन्त्रीमध्ये ११ जना जनता समाजवादी पार्टीका मात्र थिए भने बाँकी ९ जना एमालेका थिए ।

अदालतले प्रतिनिधिसभा विघटनपूर्वका मन्त्रीहरूलाई कायम गर्दै बाँकीलाई मन्त्रीको हैसियतले काम गर्न/गराउन रोक लगाउने आदेश जारी गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]