२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

पर्सामा मोटरसाइकल चोरेर पाटपूर्जा बेच्ने तीन जना पक्राउ

Logo
प्रकाशित बुधबार, आषाढ ०९, २०७८

न्यूजमधेश डेस्क
विरगन्ज,९ असार। मोटरसाइकलका पाटपूर्जा बिक्री गर्ने ३ जना पक्राउ परेका छन् । मोटरसाइकल चोरेर आफ्नै ग्यारेजबाट पाटपूर्जा खोलेर बिक्री गर्ने तीन जनालाई वीरगञ्जबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–१८ का २१ वर्षीय साहेव साह, २६ वर्षीय अवधेशप्रसाद पटेल र १५ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ । नाबालिग रहेकोले ती किशोरको नाम सार्वजनिक गरिएको छैन।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार सोमबार प्रहरी टोलीले वडा नम्बर २२ को जगरनाथपुरस्थित ग्यारेजबाट १२ वटा मोटरसाइकल बरामद गरेको थियो। त्यो अवधेशप्रसाद पटेलले सञ्चालन गर्ने ग्यारेज हो।

डीएसपी खनालका अनुसार पटेलले मोटरसाइकल चोरी गरी आफ्नो ग्यारेजमा लगेर पार्टपूर्जा खोलेर बेच्ने गर्थे।

पछिल्लो समय असार ४ गते एउटा बिहेको पार्किङस्थलबाट ना६२प ९७१७ नम्बरको मोटरसाइकल हराएको थियो। त्यो मोटरसाइकल हराएपछि प्रहरीले अनुसन्धान थालेको थियो। उनको ग्यारेजबाट प्रहरीले पार्टपूर्जा खोलेर राखेका अन्य ११ वटा चोरीका मोटरसाइकल बरामद गरेको छ ।

अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]