२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

शव निकाल्न कठिनाइ

Logo
प्रकाशित बिहिबार, आषाढ १०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१० असार । वन लसुन टिप्न जङगलमा गएका बेला भीरबाट लडेर मृत्यु भएका गोरखाको चुमुनुब्री गाउँपालिका–३, पाङसिङका एक युवकको शव निकाल्न कठिनाइ भएको छ ।

बौद्ध हिमालको फेदीमा खोँचमा रहेको २४ वर्षका सुरेन्द्र गुरुङको शव चार दिनदेखि निकाल्न नसकिएको चुमनुब्री सेवा समाजका अध्यक्ष वीरबल घलेले जानकारी दिनुभयो ।

बुबा र भाइसँगै वन लसुन टिप्न गएका गुरुङ यही असार ६ गते बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र लमजुङको सिमानामा पर्ने बौद्व हिमालको फेदीमा भीरबाट खसेका थिए । गुरुङको शव मौसम खबरीका कारण निकाल्न कठिनाइ भएको उहाँले बताउनुभयो ।

परिवार र लाप्राकबासीले खोचबाट शव निकालेर हेलिकप्टर ल्याण्ड गर्न सक्ने ठाउँमा ल्याएका छन । माथि ल्याउन दुई पटकसम्म हेलिकप्टरबाट प्रयास गरिएको भएपनि नसकिएको अध्यक्ष घलेले जानकारी दिनुभयो ।

गुरुङ गएको जेठ २६ गते परिवारका सदस्य र २ जना छिमेकीको साथमा वन लसुन खोज्न त्यहाँ पुगेका थिए । उनीहरुको भने असार ७ गते हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]