१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

मिथिला नगरपालिकाको नगरसभामा अवरोध

Logo
प्रकाशित शुक्रबार, आषाढ ११, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,११ असार । धनुषाको मिथिला नगरपालिकाको आठौं नगरसभाको क्रममा स्थानीयबासीले विरोध गरेका छन् ।

बिहिबार ढल्केवरमा नगरपालिकाको नगरसभा शुरु भएपछि स्थानीयबासीले आफ्ना माग सम्बोधन गराउन प्लेकार्ड र ब्यानरसहित नाराबाजी गर्दै कार्यक्रमस्थल पुगेका थिए ।

कार्यक्रमस्थल घेराउ भएपछि प्रमुख हरिनारायण महतो आवेशमा आउँदा स्थिति तनावग्रस्त भएको थियो ।

नेपाल सरकारले मिथिला नगरपालिकाको ढल्केवरलाई तोकेर ट्रमा सेन्टर निर्माणका लागि बजेट विनियोजन गरेको केही दिनपछि सो ट्रमा सेन्टर अन्यत्र सार्ने निर्णय गरेको खबर बाहिरिएपछि ढल्केवरबासी आन्दोलित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]