२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

जनकपुरधामको बजेट रु एक अर्ब ४७ करोडः स्वास्थ्य स्वयंसेविका र पत्रकारलाई प्रोत्साहन

Logo
प्रकाशित शुक्रबार, आषाढ ११, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,११ असार । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि रु एक अर्ब ४७ करोड ३० लाख ८३ हजारको बजेट प्रस्तुत गरेको छ ।

उपमहानगरपालिकाको सातौंँ नगरसभामा उपप्रमुख रीताकुमारी झाले चालु खर्चतर्फ रु ९८ करोड २०लाख ६० हजार र पूँजीगततर्फ रु ४९ करोड ५० लाख २३ हजार विनियोजन गरिएको जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारबाट प्राप्त सशर्त अनुदान रकमका अतिरिक्त स्वास्थ्यतर्फ रु एक करोड ५० लाख विनियोजन गरेको छ ।

जनकपुरधाम पर्यटन प्रवद्र्धन तथा विकास सम्बन्धित विविध कार्यक्रमका लागि रु ५० लाख विनियोजन गरेकोछ । आगामी आवदेखि उपमहानगरपालिका भित्र स्नातकस्तरको प्राविधिक शिक्षालय सञ्चालन अनुमति प्राप्त गरी प्राविधिक शिक्षालय सञ्चालनका लागि रु ४० लाख नियोजन गरिएको छ ।

स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गर्दै वार्षिक पोशाक खर्च रु १० हजार र मासिक रुपमा प्राप्त गर्दै आएको यातायात खर्चमा रु ५०० वृद्धि गरिएको छ ।

श्रमजीवी पत्रकारको बीमा गर्ने व्यवस्था मिलाउन नेपाल पत्रकार महासंघ धनुषालाई रु तीन लाख र उपमहानगरपालिकाका सम्पूर्ण सञ्चारमाध्यमलाई समानुपातिक ढंगले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन रु तीन लाख विनियोजन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]