न्यूजमधेश डेस्क
सप्तरी ,११ असार । निषेधाज्ञा खुकुलो भएसँगै बजारमा चहलपहल बढेपछि यहाँ क्रियाशील विभिन्न संस्थाका समन्वयमा राजविराजमा आज मास्क बैंक स्थापना गरिएको छ ।
इन्सेक, समग्र जनउत्थान केन्द्र, सहज परियोजना, ग्रीन नेपाल, महिला मानवअधिकार रक्षक सञ्जाल, एकल महिला समूह, कल्याण पोष्ट र कोरोना सहजीकरण सञ्जाल सप्तरीले मास्क बैंकको स्थापना गरेका हुन् ।
“हुनेले दिएर जाऔँ , नहुनेले लिएर जाऔंँ” नारासहित स्थापित बैंकको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले उद्घाटन गर्दैे कोरोना जोखिमको अवस्था कायमै रहेकाले निःशुल्क मास्क बैंकको स्थापना भई महामारी न्यूनीकरणमा थप सहयोग पुग्ने बताउनुभयो ।