२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

‘प्रदेश नं २ चिकित्सा विज्ञानको केन्द्र बन्ने’

Logo
प्रकाशित शनिबार, आषाढ १२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१२ असार । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाले प्रदेश नं २ लाई चिकित्सा विज्ञानको केन्द्रका रुपमा स्थापित गराउन सहयोग पुग्ने बताउनुभयो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आज स्वास्थ्य सामग्री वितरण कार्यक्रममा उहाँले प्रदेशलाई स्तरीय स्वास्थ्य उपचारको केन्द्र बनाउन प्रतिष्ठानहरु स्थापना भएको बताउनुभयो ।

रामराजा प्रतिष्ठानको जग्गा विवादको समस्या भर्खरै समाधान भई काम अगाडि बढेकामा खुशी व्यक्त गर्दै उहाँले डिपिआरपछि प्रतिष्ठान निर्माण कार्य शुरु हुने विश्वास व्यक्त गर्नुभयो । अन्य शिक्षाभन्दा मेडिकल शिक्षाको माग बढेको बेला प्रतिष्ठान स्थापनाले आफ्नै ठाउँमा डाक्टर उत्पादन हुने तथा नेपाल र भारतका सेवाग्राहीको आगमनले व्यापार वृद्धि भई विकासको गति बढ्ने यादवले बताउनुभयो ।

कोभिड–१९ को तेस्रो लहर बढी खतरनाक हुने भएकाले स्वास्थ्य उपकरणको जोहो गर्न जरुरी रहेको जनाउँदै उहाँले अभाव नहोस् भनेर स्वास्थ्य सामग्री प्रदान गरिएको जानकारी दिनुभयो । कार्यक्रममा अध्यक्ष यादवले अस्पताललाई ७० कार्टुन के९५ मास्क र नौवटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नुभयो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झालाई सामग्री हस्तान्तरण गर्दै उहाँले जनशक्ति र साधनस्रोतको कमी रहेकाले स्वास्थ्य चेतनाको बढी जरुरी रहेको बताउनुभयो । उहाँले विकासका लागि स्वास्थ्य, यातायात र सञ्चारलाई तराईदेखि पहाडसम्म जोड्ने आवश्यकतामा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेशका उपसभामुख उपमा देव, भूमि व्यवस्थापन, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह, पूर्वशिक्षामन्त्री रेणु यादव, राजविराज नगरप्रमुख शम्भुप्रसाद यादव लगायत जसपाका नेताको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]