०४ फाल्गुण २०८२, मंगलबार
17-02-2026 , Tue
×

जनमत पार्टी सप्तरीको समन्वय समितले गरे पदभार तथा सपथ ग्रहण

Logo
प्रकाशित आइतबार, आषाढ १३, २०७८

कमल कुमार मण्डल
राजविराज, १३ असार ।विभिन्न पार्टीका कार्यकर्ताहरुद्धारा जनमत पार्टीका कार्यक्रताहरु माथि हुदै आएको दमन, शोशनलाई अब हामीले सहन नसकिने पार्टीका केन्द्रिय सदस्य सुुरेन्द्र मधेशीले बताएका छन् ।

सप्तरीको राजविराज स्थित निर्माण व्यवसायी संघको हलमा शनिवार आयोजना गरिएको जिल्ला समन्वय समितिका पदाधिकारीको पदभार तथा शपथ ग्रहण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘विभिन्न स्थानिय तहमा हुदैँ आएको भ्रष्ट्र«ाचार तथा विकास निमार्णका कार्यमा हुने गुणस्तरहीनता लगायतका समस्याहरुको विरुद्धमा सामुदायिक स्वराजको भावनाले आवाज उठाउँदा आफनै पार्टीका कार्यकर्तामाथि विभिन्न पार्टीका नेता, कार्यकर्ताद्धारा दमन, शोशन तथा कुटपिट जस्ता उदण्डता हुदै आएको’ प्रमुख अतिथि मधेशीले भने– ‘चुनाव नजिकिदै जादाँ यस्ता अराजकता अझ बढन सकिने सम्भावना रहेकाले जिल्लाकालागि मनोनित भएका ७ जना पदाधिकारी मध्ये ३ जनालाई नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालय समन्वय गरी समस्याको समाधान प्रति लाग्न आवश्यक छ ।’ केन्द्रिय सदस्य मधेशीले पार्टीको विभिन्न निर्देशनबारे जानकारी गराउदै पदाधिकारीहरुलाई बधाई तथा शुभकामना समेत दिएको थियो ।

जनमत पार्टी सप्तरीको पुर्व इन्चार्ज सुर्य यादवको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा पार्टीका संस्थापक सदस्य तथा प्रशिक्षण विभागका केन्द्रिय सदस्य श्याम सुन्दर मण्डल, केन्द्रि सदस्य मदनेश चौधरी, महिला जनमत संघका केन्द्रिय संयोजक शशिला यादव, वरिष्ठ नेतृत्व मण्डलका केन्द्रिय सदस्य अनिस अंसारी, यूवा जनमत संघ सप्तरीका संयोजक मनोज यादव, सांस्कृति जनमत संघ सप्तरीका संयोजक मुकेश माझी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको थियो ।

जिल्ला समन्वय समिति सप्तरीको अध्यक्षमा चन्देश्वर मण्डल (किसान), उपाध्यक्षमा नारायण यादव, ई. हरि नारायण यादव, सचिवमा थानेश्वर प्रसाद साह, सहसचिवमा ऋषिकेश ठाकुर, शिवनन्दन मेहता र कोषाध्यक्षमा शम्भु साहरहेका छन् ।

कार्यक्रममा मनोनित पदाधिकारीहरुलाई गम्छा, माला र अविर लगाएर सम्मान गर्दै प्रमाण पत्र समेत गरिएको थियो ।
कार्यक्रम सञ्चालन राज रायले गरेको थियो भने स्वागत मन्तव्य शंकर खडगाले व्यक्त गरे ।

जनमत पार्टीले मनोनित गरिएका जिल्ला समन्वय समितिका पदाधिकारीहरुको नामावली जेष्ठ ३१ गते सोमवार सार्वजनिक गरिएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]