२३ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

पर्यटनमन्त्रीद्वारा पदबहाली, पर्यटन प्रवद्र्धनमा जोड

Logo
प्रकाशित आइतबार, आषाढ १३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१३ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठले आज मन्त्रालयमा पदबहाली गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले पद बहालीको क्रममा कपिलवस्तुस्थित प्राचीन तिलौराकोट पुरातात्विक क्षेत्रलाई संरक्षण गर्नका लागि प्राचिन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३ अनुसारको संरक्षित स्मारक क्षेत्र घोषणा गर्नका लागि प्रारम्भिक कार्य अगाडि बढाउन पुरातत्व विभागलाई निर्देशन दिने निर्णय गर्नुभएको छ ।

सो अवसरमा मन्त्री श्रेष्ठले नेपालको विकासको मुख्य स्तम्भमध्ये महत्वपूर्ण स्तम्भ पर्यटन क्षेत्र भएकाले नेपालको ऐतिहासिक महत्व, समृद्ध संस्कृति, भौगोलिक विविधता तथा प्राकृतिक सौन्दर्यको भरपुर उपयोग गरी पर्यटन प्रवद्र्धनमार्फत पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल वायु सेवा निगममा निरन्तर भइरहेको घाटाको कारण उजागर गरी घाटा मुक्त हुने अवस्था सृजना गरी जनतामा सकारात्मक आशाको सञ्चार गर्न निगमलाई निर्देशन दिनुभयो ।

त्यसैगरी मन्त्रालयमा विद्यमान रहेका तत्कालै समाधान गर्न सकिने समस्या समाधानको कार्ययोजना तयार गर्न समेत मन्त्रीले निर्देशन दिनुभयो ।

युरोपियन यूनियनको कालो सूचीमा नेपालको हवाई क्षेत्र रहिरहेकोतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै उक्त कालो सूचीबाट नेपालको हवाई क्षेत्रलाई हटाउन ठोस कार्ययोजना बनाई काम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभयो ।

उक्त कार्यक्रममा पूर्व पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा पु¥याउनुभएको योगदानको समेत स्मरण गराउनुभयो । कार्यक्रममा मन्त्रालय तथाअन्तर्गतका निकायका प्रमुखहरूको उपस्थिति थियो । प्रधानमन्त्री केपी शर्माओलीले यही असार १० गते मन्त्रिपरिषद्का सदस्यहरूको थप जिम्मेवारी हेरफेरका क्रममा श्रेष्ठालाई पर्यटन मन्त्रालयको पनि जिम्मेवारी दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]