२२ पुष २०८२, बुधबार
07-01-2026 , Wed
×

पर्यटनमन्त्रीद्वारा पदबहाली, पर्यटन प्रवद्र्धनमा जोड

Logo
प्रकाशित आइतबार, आषाढ १३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१३ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठले आज मन्त्रालयमा पदबहाली गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले पद बहालीको क्रममा कपिलवस्तुस्थित प्राचीन तिलौराकोट पुरातात्विक क्षेत्रलाई संरक्षण गर्नका लागि प्राचिन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३ अनुसारको संरक्षित स्मारक क्षेत्र घोषणा गर्नका लागि प्रारम्भिक कार्य अगाडि बढाउन पुरातत्व विभागलाई निर्देशन दिने निर्णय गर्नुभएको छ ।

सो अवसरमा मन्त्री श्रेष्ठले नेपालको विकासको मुख्य स्तम्भमध्ये महत्वपूर्ण स्तम्भ पर्यटन क्षेत्र भएकाले नेपालको ऐतिहासिक महत्व, समृद्ध संस्कृति, भौगोलिक विविधता तथा प्राकृतिक सौन्दर्यको भरपुर उपयोग गरी पर्यटन प्रवद्र्धनमार्फत पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल वायु सेवा निगममा निरन्तर भइरहेको घाटाको कारण उजागर गरी घाटा मुक्त हुने अवस्था सृजना गरी जनतामा सकारात्मक आशाको सञ्चार गर्न निगमलाई निर्देशन दिनुभयो ।

त्यसैगरी मन्त्रालयमा विद्यमान रहेका तत्कालै समाधान गर्न सकिने समस्या समाधानको कार्ययोजना तयार गर्न समेत मन्त्रीले निर्देशन दिनुभयो ।

युरोपियन यूनियनको कालो सूचीमा नेपालको हवाई क्षेत्र रहिरहेकोतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै उक्त कालो सूचीबाट नेपालको हवाई क्षेत्रलाई हटाउन ठोस कार्ययोजना बनाई काम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभयो ।

उक्त कार्यक्रममा पूर्व पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा पु¥याउनुभएको योगदानको समेत स्मरण गराउनुभयो । कार्यक्रममा मन्त्रालय तथाअन्तर्गतका निकायका प्रमुखहरूको उपस्थिति थियो । प्रधानमन्त्री केपी शर्माओलीले यही असार १० गते मन्त्रिपरिषद्का सदस्यहरूको थप जिम्मेवारी हेरफेरका क्रममा श्रेष्ठालाई पर्यटन मन्त्रालयको पनि जिम्मेवारी दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]