२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

सिभिल बैंकको नयाँ शाखा धनगढीमा उद्घाटन

Logo
प्रकाशित सोमबार, आषाढ २३, २०७६

मनोज बनैता, लाहान । सिभिल बैंकले सिरहाको धनगढीमाई नगरपालिकामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरी ले गरे।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर चौधरीले बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुननसक्ने कुरा बताए। साथै चौधरीले नगरका जनतामा वित्तीय साक्षरताको कमी रहेको औल्याउँदै तालीम दिई नगरवासीमा बैंक सम्बन्धि ज्ञान् दिन सिभिल बैंकका प्रबन्धक रामपुकार यादवलाई आग्रह समेत गरे ।

त्यसै गरि सिभिल बैंकका प्रदेश २ प्रमुख दिपक कुमार श्रेष्ठले बैंकको शाखा बिस्तार हुँदा वित्तीय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने भनाइ राखे।

हाल सिभिल बैंक को जम्मा ८५ शाखा रहेको छ भने प्रदेश २ मा जम्मा ९ शाखा छन । केही दिनमै १५ पुर्याईने जानकारी प्रदेश (२ का प्रमुख दिपक श्रेष्ठले दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]