१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

सिभिल बैंकको नयाँ शाखा धनगढीमा उद्घाटन

Logo
प्रकाशित सोमबार, आषाढ २३, २०७६

मनोज बनैता, लाहान । सिभिल बैंकले सिरहाको धनगढीमाई नगरपालिकामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरी ले गरे।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर चौधरीले बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुननसक्ने कुरा बताए। साथै चौधरीले नगरका जनतामा वित्तीय साक्षरताको कमी रहेको औल्याउँदै तालीम दिई नगरवासीमा बैंक सम्बन्धि ज्ञान् दिन सिभिल बैंकका प्रबन्धक रामपुकार यादवलाई आग्रह समेत गरे ।

त्यसै गरि सिभिल बैंकका प्रदेश २ प्रमुख दिपक कुमार श्रेष्ठले बैंकको शाखा बिस्तार हुँदा वित्तीय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने भनाइ राखे।

हाल सिभिल बैंक को जम्मा ८५ शाखा रहेको छ भने प्रदेश २ मा जम्मा ९ शाखा छन । केही दिनमै १५ पुर्याईने जानकारी प्रदेश (२ का प्रमुख दिपक श्रेष्ठले दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]