१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

बनक्षेत्र नजिकको बस्तीमा हात्ती आतंक

Logo
प्रकाशित सोमबार, आषाढ १४, २०७८

न्यूजमधेश डेस्क
महोत्तरी ,१४ असार । वनक्षेत्र नजिकको महोत्तरीको गौशाला नगरक्षेत्रमा जङ्गली हात्तीको आतङ्क बढ्दो छ । पछिल्लो पटक आइतबार गौशाला–१० को मरहा खोला छेउको बडहर्वा बस्तीका सात वटा घर जङ्गली हात्तीले भत्काएको छ । यो गौशालामा एक महिनाभित्रै हात्ती आतङ्कको दोस्रो घटना हो ।

आइतबार एउटै जङ्गली हात्तीले बडहर्वा बस्तीका केशवबहादुर सिञ्जाली, मानबहादुर विश्वकर्मा, मङ्गलबहादुर विश्वकर्मा, धनबहादुर खड्का, बिनामाया बस्नेत, प्रदीप खड्का र रेशमबहादुर खड्काको घर रातको समयमा जङ्गली हात्तीले भत्काएको हो ।

रातको समयमा हात्ती बस्ती पसेपछि भागाभाग भएको थियो । सर्वसाधारणले रातको समयमा भागेर ज्यान बचाएका थिए । यसअघि गत जेठ २३ गते जङ्गली हात्तीले गौशाला–१० कै विश्वकर्माचोकका तीनवटा घर भत्काएको थियो । त्यतिखेर तीनवटा हात्ती बस्ती पसेका थिए । पछिल्लो पटक भने एउटै हात्तीले सातवटा घर भत्काएको हो ।

सागरनाथ वन विकास परियोजनाको वनक्षेत्रबाट हात्ती बस्ती पसेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घर तोडफोड गरेर नोक्सान गरेको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगी स्थानीयवासीको मद्दतले हात्ती वनतिर लखेटिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो ।

बस्ती पसेको हात्तीले ठाउँठाउँमा केराका थाम, उखु र ओलसहितका बोट उखेलेर सोतर बनाएको छ । जङ्गली हात्तीको लगातार बस्तीमा प्रवेश बढेपछि सर्वसाधारण डराएका छन् । अब घाँस दाउरा गर्न, बस्तु चराउन र खेतबारी डुल्न जान पनि डरमर्दो भएको सर्वसाधारणको भनाइ छ ।

महोत्तरी, सर्लाही र धनुषाको उत्तरीक्षेत्रका चुरे काछ नजिकका बस्तीमा बर्सेनि जङ्गली हात्तीको आतङ्क हुँदै आएको छ । चितवन निकुञ्जबाट हात्ती यता आउने गरेको लख काटिन्छ । पछिल्ला चार÷पाँच वर्षयता महोत्तरीका चुरे नजिकका बस्तीमा हात्ती पस्दै आएका छन् ।

जङ्गली हात्तीले महोत्तरीका खयरमारा, वरडाँडा, गणन्ता, भब्सी, पर्साहीधाप, रजवास, पाटु, सोनापेटी, चेरु र ढुङ्ग्रेसहितका बर्दिबास नगरपालिकाका र गौशाला नगरपालिकाका वनक्षेत्र नजिकका बस्तीमा उत्पात मच्चाउँदै आएको छ । हात्तीले छिमेकको धनुषा जिल्लाको ढल्केवरमा पछिल्ला चार वर्षबीच दुई जनाको ज्यान लिइसकेको छ ।

आहाराको खोजीमा भौँतारिँदै हात्ती बस्ती पस्ने गरेको वन्यजन्तु विज्ञ बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]